काठमाडौं- भारतको पश्चिम बंगालमा भएको पञ्चायत चुनाव हिंसात्मक बनेको छ। शनिवार भएको मतदानका क्रममा राज्यका विभिन्न स्थानमा हिंसा भड्किएको खबर छ।
हिंसात्मक घटनामा अहिलेसम्म १२ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएका बताइएको छ। गैरसरकारी स्रोतको दाबीअनुसार मृतकको संख्या अझै बढी छ।
यसअघि सन् २०१८ को पञ्चायती चुनावमा त्यहाँ १० जनाले ज्यान गुमाएका थिए। हिंसाका लागि बीजेपी र कांग्रेसले सत्तारुढ दल तृणमूल कांग्रेसलाई आरोप लगाएका छन्। तृणमूलले भने सत्ताधारी पार्टीलाई बदनाम गर्न बीजेपी, कांग्रेस र सीपीएमले यस्तो आरोप लगाएको बताएको छ।
पश्चिम बंगालमा शनिबार एकै चरणमा पञ्चायत चुनाव भएको हो। चुनाव परिणाम ११ जुलाईमा घोषणा हुनेछ।