आइतबार, वैशाख २७, २०८३

मिसन ८४ सुरु भइसक्यो : रवि लामिछाने

जनताका मुद्दालाई केन्द्रबिन्दुमा राखेर पार्टीले काम गर्ने र गरिरहेकाले आगामी जनमत रास्वपाकै पक्षमा आउने लामिछानेको दाबी।
 |  शनिबार, असार २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार २३, २०८०

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी २०८४ को निर्वाचनमा एक्लै मैदानमा उत्रिएर सफलता हात पार्ने रणनीतिअनुसार मिसन सुरु भइसकेको बताएका छन्।

National life

जनताका मुद्दालाई केन्द्रबिन्दुमा राखेर पार्टीले काम गर्ने र गरिरहेकाले आगामी जनमत रास्वपाकै पक्षमा आउने उनले दाबी गरेका हुन्।

आज काठमाडौंको तारकेश्वर नगरपालिकामा आयोजित भेलामा जनताले सोधेका सबै प्रश्नको जवाफ दिन आफूहरु तयार रहेको उनले बताए। लामिछानेले भने, ‘नेपाली जनताको मुद्दामा हामी स्पष्ट छौं। जनताको आदेशअनुसार काम गर्छौं।’

२०८४ को मिसन पूरा गर्न अहिलेदेखि नै योजना बनिरहेको उनले जानकारी दिए। ‘आगामी निर्वाचनमा रास्वपाले जनमत आफ्नो पक्षमा पार्ने योजना बनाएको छ। अहिले पनि नागरिकका मुद्दामा हामी संसद््मा दह्रो र खरो भएर उभिएका छौं’, लामिछानेले भने। उनले रास्वपा कसैको पिछलग्गु नभएको उनले दाबी गरे।

रास्वपाले जनताले दिएको विश्वास कायम राखिराख्ने प्रतिबद्धता सांसद गणेश पराजुलीले गरे। यस्तै, पूर्वमन्त्री शिशिर खनालले आगामी निर्वाचनमा रास्वपालाई जनताले सत्तामा लैजाने दाबी गरे।

प्रकाशित: Jul 08, 2023| 15:26 शनिबार, असार २३, २०८०
प्रतिक्रिया दिनुहोस्