आइतबार, वैशाख २७, २०८३

कांग्रेसमा अब नयाँ पुस्ताको प्रधानमन्त्री : गगन थापा

पुनः कांग्रेस संसदीय दलको नेता बदल्ने अभियानमा लाग्ने र सफल भए प्रधानमन्त्री बन्ने योजना रहेको महामन्त्री थापाको दाबी।
 |  शनिबार, असार २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार २३, २०८०

काठमाडौं– कांग्रेस महामन्त्री एवं सांसद गगनकुमार थापाले देश निर्माणका लागि आफू पुस्ताको व्यक्ति वा आफैं प्रधानमन्त्री बन्ने अभियानमा जुटेको बताएका छन्।

National life

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी महामन्त्री थापाले पुनः कांग्रेस संसदीय दलको नेता बदल्ने अभियानमा लाग्ने र सफल भए प्रधानमन्त्री बन्ने योजना रहेको बताएका हुन्। महामन्त्री थापाले पार्टी सभापति देउवा लक्षित भनाइ सार्वजनिक गरेका हुन्।

नेपालमा अर्को प्रधानमन्त्री को बन्दै छ भन्ने विषय सबै नेपालीलाई पहिलै थाहा भइसकेकाले अब पूर्वप्रधानमन्त्रीलाई पुनः प्रधानमन्त्री बन्न रोक्नुपर्ने नेता थापाको भनाइ छ।

उनले भने, ‘नेपालमा एकपछि अर्को प्रधानमन्त्री को बन्दै छ भन्ने कुरा सबैलाई थाहा छ। हामी कांग्रेसले यसलाई बदल्ने प्रयास गर्नैपर्छ। मैले सबै साथीहरूको चित्त बुझाउन नसके पनि थाकेको छैन, हारेको छैन। कांग्रेसबाट भूतपूर्व भएको प्रधानमन्त्रीलाई फेरि वर्तमान प्रधानमन्त्री बनाउने योजनालाई असफल पार्नैपर्छ। अब म वा मेरो पुस्ताको मान्छे प्रधानमन्त्री बन्ने हो।’

महामन्त्री थापाले एमाले र नेकपा माओवादी केन्द्रले भूपूलाई विस्थापन गरेर नयाँ प्रधानमन्त्रीको उम्मेदवार तोके पनि, नतोके पनि आफूहरुको मिसन पुरानाको साटो नयाँ नै बनाउनेमा केन्द्रित रहेको स्पष्ट पारे।

प्रकाशित: Jul 08, 2023| 14:44 शनिबार, असार २३, २०८०
प्रतिक्रिया दिनुहोस्