बिहीबार, साउन २१, २०८३

डोटीमा घर भत्किँदा च्यापिएर महिलाको मृत्यु

गए राती एकतले घर भत्किँदा दिपालय सिलगढी नगरपालिका–५ गैराकी ३० वर्षीया गंगा मालसीको घरमै सुतिरहेका बेला च्यापिएर मृत्यु भएको हो ।
 |  शनिबार, असार २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार २३, २०८०

डोटी– डोटीमा गए राती घर भत्किँदा एक महिलाको मृत्यु भएको छ। घर भत्किँदा च्यापिएर दिपायल सिलगढी नगरपालिका–५ गैराकी ३० वर्षीया गंगा मालासीको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार गए राती एकतले घर भत्किँदा सुतिरहेकी मलासीको च्यापिएर मृत्यु भएको हो।

प्रहरी नायब निरीक्षक आनसिंह धामीको नेतृत्वमा १० जनाको टोलीले राती नै उद्धारको प्रयास गरे पनि मलासीको शव आज बिहान मात्र निकाल्न सकेको प्रहरी निरीक्षक जोशीले बताए।

प्रकाशित: Jul 08, 2023| 13:44 शनिबार, असार २३, २०८०
प्रतिक्रिया दिनुहोस्