NadaNada
मंगलबार, भदौ ३, २०८२

९ वर्षअघि ठेक्का लागेको पुल अलपत्र

कुल १७ करोड ४६ लाखमा पुल निर्माणको ठेक्का लिएको पप्पु कन्स्ट्रक्सनले अलपत्र पारेर छाडेपछि ९ वर्षसम्म पनि बनेन पुल।
 |  आइतबार, असार २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार २४, २०८०

vianetvianet

गोरखा– गोरखाको गण्डकी गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाको चुमखोला जोड्ने बुटार मोटरेबल पुल ठेक्का लगाएको ९ वर्षसम्म पनि निर्माण हुन सकेको छैन। 

कुल १७ करोड ४६ लाखमा पुल निर्माणको ठेक्का लिएको पप्पु कन्स्ट्रक्सनले पुल निर्माण काम अलपत्र पारेर छाडेको हो। अहिलेसम्म पुल निर्माणको करिब ११ प्रतिशत मात्र भौतिक प्रगतिको काम भएको ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजना कार्यालयका सूचना अधिकारी आस्था देवकोटाले जानकारी दिइन्। 

ठेकेदार कम्पनीले पुलको दुवैतर्फ पिल्लर मात्रै उठाएर मात्र लामो समयदेखि छाडेको छ। आयोजना कार्यालयले काम छिटो गर्न पटक–पटक भने पनि ठेकेदार कम्पनीले अटेरी गरेपछि पुल निर्माणको रोकिएको हो। निर्माण सुरु भएको लामो समयसम्म पनि काम अघि नबढेपछि आयोजना कार्यालयले कम्पनीसँग ठेक्का सम्झौता रद्द गरी नयाँ ठेक्का सम्झौताका लागि प्रक्रिया अघि बढाएको देवकोटाले बताइन्। 

‘कम्पनीले काम नगरेपछि ठेक्का तोडेर नयाँ ठेक्का लगाउन बोलपत्र निकालिएको हो’, देवकोटाले भनिन्, ‘अब नयाँ ठेक्का सम्झौता गरेर रोकिएको पुल निर्माणको काम अघि बढाउने तयारी भइरहेको छ।’ पप्पु कन्स्ट्रक्सन आयोजना कम्पनीसँग २९ पुस २०७४ सम्म पुल निर्माणको काम सम्पन्न गर्ने सम्झौता गरेको थियो।

पुरानो ठेक्का रद्द गरेपछि आयोजना कार्यालयले ३१ करोड ६३ लाख ९७ हजार ७ सय अनुमानित लागतमा पुल निर्माणको नयाँ ठेक्का सम्झौता गर्न बोलपत्र आह्वान गरेको उनले बताइन्। उक्त पुल १५१ मिटर लम्बाइको हुनेछ।

Metro Mart

पहिलो पटकको ठेक्का सम्झौतापछि २९ असार २०७१ म तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उक्त पुलको शिलान्यास गरेका  थिए। पुल निर्माण नहुँदा गोरखाको गण्डकी गाउँपालिका र सहिद लखन गाउँपालिका, चितवनको इच्छाकामना गाउँपालिकाका नागरिकले वर्षौंदेखि सास्ती खेप्दै आउनुपरेको छ।–रासस

प्रकाशित: Jul 09, 2023| 05:01 आइतबार, असार २४, २०८०
प्रतिक्रिया दिनुहोस्