शनिबार, साउन ३१, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • अपराध अनुसन्धानमा प्रहरीको छलाङः तीन महिनामै साढे तीन हजार फरार अभियुक्त पक्राउ

अपराध अनुसन्धानमा प्रहरीको छलाङः तीन महिनामै साढे तीन हजार फरार अभियुक्त पक्राउ

तीनमहिने अवधिभित्र नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, विद्युतीय सट्टाबाजी र सहकारी ठगीमा संलग्नलाई पक्राउ गर्नु ठूलो सफलता भएको आईजीपी कुँवरको दाबी। 
 |  शनिबार, असार २३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असार २३, २०८०

vianetvianet

काठमाडौं– नेपाल प्रहरीले १५ चैतदेखि १५ असार २०७९/८० को तीनमहिने प्रगति विवरण सार्वजनिक गरेको छ। प्रहरी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा महानिरीक्षक वसन्त कुँवरले तीनमहिने अवधिभित्र ३ हजार ५६२ फरार अभियुक्त पक्राउ गर्न सफलता मिलेको जानकारी दिएका छन्।

यो अवधिमा निक्षेपकर्ताको १२ अर्ब २३ करोड ५१ लाख ८३ हजार रकम दुरुपयोग गर्ने शिवशिखर बहुउद्देश्यीय सहकारी र तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई पक्राउ गर्न सक्नु प्रहरीको ठूलो सफलता भएको उनले दाबी गरे।

शर्माले निक्षेपकर्ताको रकम दुरुपयोग गर्ने शर्मालाई गत ११ असारमा बाँकेको नेपालगञ्जबाट पक्राउ गरेको थियो। यी दुई सहकारीमा १ लाख ८९ हजार ८७९ निक्षेपकर्ताको बचत रकम रहेको आईजीपी कुँवरले बताए।

सहकारी ठगीतर्फ २ अर्ब ४४ करोड २१ लाख १४ हजार बिगो मागदाबी रकमसहित अन्य पाँच सञ्चालकविरुद्व मुद्दा दर्ता गरिएको प्रहरीको विवरणमा उल्लेख छ। १३ जना सहकारी सञ्चालक पक्राउ यसै अवधिमा पक्राउ परेका छन्। चालू आवको पछिल्लो तीन महिनामा मुद्दा दर्ता ११.२२ प्रतिशत र पक्राउ ११.१५ प्रतिशतले बढेको प्रहरीको प्रगति विवरणमा भनिएको छ। 

प्रहरी प्रतिवेदनका अनुसार तीन महिने अवधिमा लागूऔषध गाँजा ६९६१.६१ किलोग्राम, चरेश १७९.००, हेरोइन ४.२५ र अफिम ४.९८ केजी बरामद गरिएको छ भने पाँच विदेशी एवं सात नेपाली गरी १२ पक्राउ परेका छन्। 

Metro Mart

पत्रकार सम्मेलनमा आईजीपी कुँवरले प्रहरीले तीनमहिने अवधिभित्र नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, विद्युतीय सट्टाबाजी र सहकारी ठगी सम्बन्धमा अनुसन्धान अघि बढाउनुलाई ठूलो सफलता भएको जिकिर गरे। 

उनले जिल्ला प्रशासनबाट ११ हजार ७०१ र प्रहरीका कार्यालयमा सोझै ४९९ मिटरब्याजसम्बन्धी उजुरी परेको बताए।  यस्तै, प्रहरीले गत ३० जेठमा विभिन्न समय बरामद ६ हजार २६८ थान हातहतियार  नष्ट गरेको आईजीपी कुँवरले जानकारी दिए।

यो अवधिमा प्रहरीले अवैध सामान बरामद, चोरी पैठारी नियन्त्रण, अवैध हुन्डी कारोबारलगायत पक्राउ गर्दा ती माध्यमबाट १ अर्ब ५९ करोड ६२ लाख ८२ हजार १७७ राजस्व उठेको प्रगति विवरण उल्लेख छ। प्रहरीले अहिले विपद् व्यवस्थापनका लागि तत्कालै खटिने गरी १० हजार ८२  प्रहरी जनशक्ति तयारी अवस्थामा रहेको बताएको छ।

प्रकाशित: Jul 08, 2023| 11:22 शनिबार, असार २३, २०८०
प्रतिक्रिया दिनुहोस्