आइतबार, वैशाख २७, २०८३

समाजवादी मोर्चाः घोषणाको १९ दिनपछि पहिलो बैठक बस्दै

राजनीतिक स्थिरताका लागि पार्टी एकतासम्मको उद्देश्य राखेर साझा प्रतिबद्धतामा हस्ताक्षर गरेका चार दलमध्ये जसपाले एउटै दल  बन्न अस्वीकारेपछि समाजवादीको भविष्यलाई लिएर शंका उब्जिएको छ।
 |  शनिबार, असार २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार २३, २०८०

काठमाडौं– सत्तारुढ कांग्रेसलाई ‘साइज’मा ल्याउन प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जोडबलमा गत ४ असारमा जन्मिएको समाजवादी मोर्चा घोषणाको १९ दिनपछि आज पहिलो बैठक बस्दै छ।

National life

सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र सत्ताबाहिर रहेको नेकपा कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गरिएको हो।

राजनीतिक स्थिरताका लागि पार्टी एकतासम्मको उद्देश्य राखेर साझा प्रतिबद्धतामा हस्ताक्षर गरेका चार दलमध्ये जसपाले एउटै दल  बन्न अस्वीकारेपछि समाजवादीको भविष्यलाई लिएर शंका उब्जिएको छ।

बेलुकी ४ बजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, तीनकुनेमा समाजवादी मोर्चाको पहिलो बैठक बस्ने भएको हो। बैठकमा समाजवादी मोर्चाको, सरकारका कामकारबाही, कांग्रेसले मोर्चा गठनमा जनाएको असन्तुष्टिलगायत विषयमा छलफल हुने बताइएको कृषिमन्त्री एवं नेकपा एसका नेता वेदुराम भुसालले बताए।

मोर्चामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव रहेका छन्।

प्रकाशित: Jul 08, 2023| 10:49 शनिबार, असार २३, २०८०
प्रतिक्रिया दिनुहोस्