आइतबार, वैशाख २७, २०८३

प्रतिम सिंहको बचाउमा ओली, भने - स्पट तोकेर बोलाए हुन्छ, आउन तयार छु

 |  शुक्रबार, असार २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २२, २०८०

काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिम सिंह प्रचण्डलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको भनेर झुट बोलेको बताएका छन्। शुक्रबार किर्तिपुरमा स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भारतले अहिलेसम्म नेपालमा सरकार बनाउँछु नभनेको भन्दै प्रीतम सिंहलाई अनावश्यक मुछेको बताएका हुन्।

National life

उनले नेपालमा बहुदलीय व्यवस्था भएपनि कानुनी राज नभएको भन्दै संसदबाट छानिएको सरकार नभएको कुरा प्रधानमन्त्री आफैले भनेको बताए। 

‘अस्ति प्रधानमन्त्री आफैले एउटा प्रमाण बल्ल पेश गर्नुभएको छ। यस्ता प्रमाण कति छन्’, उनले भने, ‘कति कुदेका छन् दिल्ली, कति उडेका छन् दिल्ली।’

उनले भने,‘प्रीतम सिंहले प्रेस मिट गरी भन्नुहुन्छ–प्रचण्डलाई प्रधानमन्त्री बनाउन म दिल्ली गएको होइन, गएको छैन भनेर। उहाँले किन भन्नुहुन्छ उहाँ नै जान्नुहुन्छ तर म गएको छैन भन्नुहुन्छ।’

प्रतिम सिंहलाई पनि बेकार मुछेको भन्दै ओलीले भारतले अहिलेसम्म नेपालमा सरकार बनाउँछु भनेर नभनेको बताए। 

‘त्यो भन्नु नेपालको सार्वभौमसत्ता विपरीत हो त्यो कुरा भारतलाई पनि थाहा छ। भारत भन्दैन तर नेपालको प्रधानमन्त्री भनिरहेका छन् कि नेपालको सार्वभौमसत्ता नेपालको संसदमा छैन,नेपाली जनतामा छैन’, ओलीले भने,‘नेपालका सांसदहरुले सरकार बनाउने होइन दिल्ली दौडिएर सरकार बन्छ, धेरैपल्ट मलाई बनाउन पनि मान्छे कुदेको थिए।’

ओलीले राष्ट्रियता र देशको सार्वभौमसत्तामाथि मजाक उडाएकाले एमालेले प्रधानमन्त्रीको राजीनामा मागिएको बताए। उनले गठबन्धनले बिहीबार बैठक बोलाएर मसल ठटाएर पार्लियामेन्टमै भेटौला भनेको भन्दै प्रतिपक्षले भेटौला भनेपछि भेट्नैपर्ने बताए। 

‘उहाँले के का लागि पार्लियामेन्टमै सामना गर्छौ भनेको हो ? उहाँहरुले वार्ता गर्छौ समस्या समाधान गर्छौ भन्नुभएन। पार्लियामेन्टमा सामना गरिन्छ भन्नुभयो, प्रतिपक्षको म मसिनो स्वरमा भन्न चाहन्छु–पार्लियामेन्टमात्र होइन सत्तापक्ष जहाँ भन्छ हामी त्यहाँ तयार छौ। स्पट तोकेर बोलाए हुन्छ।’ 

प्रकाशित: Jul 07, 2023| 19:50 शुक्रबार, असार २२, २०८०
प्रतिक्रिया दिनुहोस्