आइतबार, जेठ १८, २०८२

किन देखियो फेसबुक म्यासेन्जरमा समस्या? 

 |  शुक्रबार, असार २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २२, २०८०

vianetvianet

काठमाडौं- मेटाको म्यासेजिङ एप मेसेन्जरमा समस्या आएको भन्दै सयौं प्रयोगकर्ताले डाउन डिटेक्टरमा रिपोर्ट गरेका छन्। कयौं प्रयोगकर्ताहरूले फेसबुक मेसेन्जर एपमार्फत फोटो, भिडियो पठाउन नसकेको गुनासो सामाजिक सञ्जालमार्फत गरिरहेका छन्। 

केही प्रयोगकर्ताले फोटो र भिडियो दुवै पठाउन नमिलिरहेको बताएका छन्। नेपालसहित बेलायत, अमेरिका र अन्य विभिन्न देशका प्रयोगकर्ताले म्यासेन्जरमा समस्या आएको जनाएका छन्। 

मेटाले भने यसबारे कुनै औपचारिक जानकारी नगराएको भए पनि थ्रेडको लन्च गर्दा यसमा समस्या देखिएको हुनसक्‍ने प्रविधि विज्ञहरुले बताएको बेलायती पत्रिका द सनले जनाएको छ। 

मेटाले बिहीबारमात्रै आफ्नो ट्विटरको प्रतिद्वन्द्वी एप थ्रेड्स सार्वजनिक गरेको थियो।
 

प्रकाशित: Jul 07, 2023| 18:35 शुक्रबार, असार २२, २०८०
प्रतिक्रिया दिनुहोस्