बिहीबार, भदौ ४, २०८३

बीपी प्रतिष्ठानमा अख्तियारको छापा

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ।
 |  बिहीबार, साउन २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०७८

काठमाडौं-  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ। अख्तियारको केन्द्रीय कार्यालय टंगाल र प्रदेश कार्यालय इटहरीबाट खटिएको संयुक्त टोलीले बिहीबार प्रतिष्ठानमा छापा मारी सबै कागजपत्र नियन्त्रणमा लिएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक टेकबहादुर तामाङको नेतृत्वको टोलीले प्रतिष्ठानमा छापा मारेको हो। बीपी प्रतिष्ठानमा औषधि, उपकरण खरिद, भौतिक निर्माणलगायतका शीर्षकमा प्रतिष्ठानका पदाधिकारीको मिलेमतो गरी बजार मूल्यभन्दा बढी मूल्यमा खरिद गरेको र ठेक्का लगाएको सूचना बाहिर आएपछि अख्तियारको टोलीले प्रतिष्ठानमा छापा मारेको हो। अख्तियारका वरिष्ठ प्रहरी उपरीक्षक तामाङले प्रतिष्ठानमा भएका आर्थिक अनियमितताबारे उजुरीका आधारमा छानबिनमा आएको र केही कागजपत्र नियन्त्रणमा लिएको बताए। 

प्रतिष्ठानमा नियम विपरीत उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिस्टार डा. मोहनचन्द्र रेग्मी, निर्देशक डा. गौरीशंकर साह, लेखा प्रमुख र खरिद शाखा प्रमुखको मिलेमतोमा प्रतिष्ठानमा करोडौं रकम हिनामिना गरेको उजुरीका आधारमा अख्तियारको टोलीले प्रतिष्ठानमा छापा मारेको हो। टोलीले प्रतिष्ठानको लेखा शाखा, खरिद शाखा, स्टोरलगायतका शाखामा गई आवश्यक कागजपत्र नियन्त्रणमा लिएको छ। 

प्रतिष्ठानमा गिरी उपकुलपति र रजिस्टार रेग्मी नियुक्त भएर आए यता संस्थालाई एक अर्बभन्दा बढी घाटा लागेको छ । गिरी, रेग्मी, खनाल र साहले प्रतिष्ठानलाई आर्थिक अनियमितता गरी धराशायी बनाएको भन्दै चिकित्सक र कर्मचारीले समेत कारबाही माग गर्दै दुई महिनादेखि आन्दोलनमा छन्। प्रतिष्ठानका पदाधिकारीमाथि मातृ शिशु भवन, फारमेसी भवन निर्माणमा तोकिएको भन्दा बढी रकममा ठेक्का लगाई आर्थिक अनियमितता गरेको, कोभिड अस्पताल संचालन गर्दा करोडौं हिनामिना गरेको, प्रतिष्ठानको अक्सिजन प्लान्ट मर्मतमा लाखौं हिनामिना गरेको आरोप छ।


प्रकाशित: Aug 12, 2021| 17:20 बिहीबार, साउन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।