NadaNada
मंगलबार, भदौ ३, २०८२

 कांग्रेस जिल्ला सभापति भेलाले गर्‍यो १४ प्रतिबद्धता 

 |  शुक्रबार, असार २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २२, २०८०

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेला १४ बुँदे प्रतिबद्धतासहित सम्पन्‍न भएको छ। कांग्रेसको केन्द्रीय कार्यालयको सानेपमा असार २१ देखि सुरु भएको जिल्ला सभापतिहरुको दुई दिने भेला १४ बुँदे आन्तरिक प्रतिबद्धता पारित गर्दै सम्पन्‍न भएको हो। 

शुक्रबारको बैठकमा जिल्ला सभापतिहरु- योगेन्द्र पञ्जियार (धनुषा), रुपनारायण जवेगु (पाँचथर), दिनेश राई (धनकुटा), विष्णुकुमार राई (खोटाङ), किशोरदत्त बराल (कास्की), केदार भण्डारी (सुनसरी), राजेश्वर खनाल (चितवन), केशबहादुर विष्ट (सल्यान), नागेश्वर यादव (महोत्तरी), अरुणप्रकाश सिंह राठौर (वर्दिया) र रमेशकुमार महत (नुवाकोट), जिल्ला सभापति कारणवस अनुपस्थित रहेका जिल्लाका हकमा कार्यवाहक सभापति झपेन्द्र गैरे (पाल्पा), उपसभापति बीरबहादुर विष्ट (बैतडी), जिल्ला सचिवहरु— बालदीप कँडेल (सुर्खेत), अजय लुइटेल (ओखलढुंगा), केशवराज मिश्र (कैलाली), गुप्तनिधि शर्मा (पर्वत), माधवप्रसाद ढकाल (काभ्रे), प्रतिनिधिहरु— मुकेश सिंह (बारा) र निर्मला खड्का (भोजपुर) ले आ–आफ्नो धारणा राखेका हुन्। 

त्यसैगरी बिहीबारको बैठकमा जिल्ला सभापतिहरु- डिगबहादुर लिम्बू (मोरङ), नारायणप्रसाद गौडेल (बाँके), दिपक खड्का (संखुवासभा), पूर्णबहादुर तामाङ (कान्छाराम) (रामेछाप), रामनाथ अधिकारी (धादिङ), बर्मा लामा (दोलखा), राजु थापा (स्याङ्जा), केशव श्रेष्ठ (अर्घाखाँची), रामकृष्ण खाँण (रुपन्देही), खिलध्वज पन्थी (गुल्मी), केशरमान रोका (रुकुम पूर्व), का.वा. सभापति चन्द्रबहादुर राना (नवलपरासी पूर्व), जीतेन्द्रकुमार श्रेष्ठ (ललितपुर), वुद्ध लामा (मकवानपुर), ऐनबहादुर शाही (मुगु), पुष्पबहादुर शाह (अछाम), मणिराम रेग्मी (दैलेख), रामसिंह रावल (बाजुरा), शंकरप्रसाद डाँगी (दाङ), नरेन्द्रबहादुर सिंह (डोटी), सुरेन्द्रप्रसाद सिंह (सर्लाही), पेम्बाछिरिङ तामाङ (रसुवा), रामदेव साह (सप्तरी), का.वा. सभापति खड्ग बी.सी. (जाजरकोट), सबुज बानियाँ (काठमाडौं), रामचन्द्र यादव (सिरहा) र जीत शेरचन (बाग्लुङ) ले आ–आफ्नो धारणा राखेका थिए। 

नेपाली कांग्रेसको सदस्यता, क्रियाशील सदस्यताको सन्दर्भमा प्रविधिमैंत्री व्यवस्थापन तथा विभिन्न तहको सम्मेलनका बारेमा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले कार्यक्रमको शुरुमा प्रकाश पारेका थिए। 

बैठकको अन्त्यमा, पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बैठकबाट आएका सुझावहरुलाई पार्टी तहमा छलफल गरी आवश्यकता अनुसार आगामी केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गर्ने प्रतिवद्धता व्यक्त गरेका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले जानकारी गराएका छन्। 

Metro Mart

प्रकाशित: Jul 07, 2023| 17:35 शुक्रबार, असार २२, २०८०
प्रतिक्रिया दिनुहोस्