बुधबार, वैशाख ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आगामी दुई शनिबार बैंक कारोबार बन्द नगर्न राष्ट्र बैंकको परिपत्र

आगामी दुई शनिबार बैंक कारोबार बन्द नगर्न राष्ट्र बैंकको परिपत्र

चालू आव सकिने बेला राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन बैंकलाई राष्ट्र बैंकको परिपत्र।
 |  शुक्रबार, असार २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २२, २०८०

काठमाडौं– राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालार्ई २३ र ३० असारका दुई शनिबार कारोबार बन्द नगर्न परिपत्र गरेको छ। 

National life

चालू आर्थिक वर्ष सकिने बेला राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन राष्ट्र बैंकले परिपत्र गरेको हो।

राष्ट्र बैंकको सूचनामा भनिएको छ, ‘२३ असार शनिबार बिदाका दिन राती ८ बजेसम्म र ३१ असार बेलुकी ७ बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैंक, चेक क्लियरिङ एवं विद्युतीय ट्रान्सफरको फन्ड सेटलमेन्ट गर्ने अन्य बैंक तथा वित्तीय संस्था साथै नेपाल क्लियरिङ हाउस खुला राखी राजस्व बुझ्ने व्यवस्था गर्नुपर्नेछ।’

अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयको अनुरोधपछि यस्तो निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: Jul 07, 2023| 16:55 शुक्रबार, असार २२, २०८०
प्रतिक्रिया दिनुहोस्