शनिबार, साउन २, २०८३

कोसीमा मुख्यमन्त्री उद्धव थापा नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

कोसी प्रदेश प्रमुखलाई विपक्षी बनाइएको रिटमा नवनियुक्त मुख्यमन्त्रीको नियुक्ति बदर माग गरिएको छ।
 |  शुक्रबार, असार २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २२, २०८०

काठमाडौं– कोसी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर माग सर्वोच्चमा रिट दायर गरेका छन्। शुक्रबार दायर गरिएको रिटमाथि सर्वोच्चमा आइतबारलाई पेसी तोकिएको छ।

कोसी प्रदेश प्रमुख पर्शुराम खापुङबाछ बिहीबार गरिएको मुख्यमन्त्री नियुक्ति नेपालको संविधान विपरीत भएको दाबी गर्दै निवर्तमान मुख्यमन्त्री कार्कीले सर्वोच्चमा रिट दर्ता गराएको एमाले कोसी प्रदेश प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए।

कोसी प्रदेश प्रमुखलाई विपक्षी बनाइएको रिटमा नवनियुक्त मुख्यमन्त्रीको नियुक्ति बदर माग गरिएको छ भने तटस्थ हुनुपर्ने सभामुख बाबुराम गौतमबाट संविधान उल्लंघन भएको दाबी गरिएको छ।

प्रकाशित: Jul 07, 2023| 16:11 शुक्रबार, असार २२, २०८०
प्रतिक्रिया दिनुहोस्