आइतबार, वैशाख २७, २०८३

प्रधानमन्त्रीको अभिव्यक्तिले संसद्को गरिमामा चोटः शेखर कोइराला

प्रधानमनत्री प्रचण्डको अभिव्यक्ति र कोसीका सभामुखको निर्णय दुवै प्रजातन्त्र प्रतिकूल भएको नेता कोइरालाको धारणा।
 |  शुक्रबार, असार २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २२, २०८०

काठमाडौं– कांग्रेस नेता डा.शेखर कोइरालाले पुष्पकमल दाहाल प्रचण्डबाट गत सोमबार व्यक्त प्रधानमन्त्री हुन दिल्ली जानुपर्ने आशयको विवादास्पद अभिव्यक्तिले संसद्को गरिमामा आँच पुगेको बताएका छन्। प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति गलत भएको उनको धारणा छ।

National life

प्रधानमन्त्रीको अभिव्यक्तिले जनतालाई पनि ठेस पुगेको उनको भनाइ छ। शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता कोइरालाले यस्तो बताएका हुन्।

नेपालको सरकार नेपालकै संसद्बाट चुनिँदै आए पनि प्रधानमन्त्री प्रचण्डले गलत बोलेको उनले बताए। राजनीतिक नेतृत्वबाट व्यक्त विवादास्पद अभिव्यक्तिले प्रजातन्त्रलाई कमजोर बनाउने उनको धारणा छ।

कोसीका सभामुख बाबुराम गौतमको भूमिका पनि संविधान विपरीत भएको नेता कोइरालाले औंल्याए। सभामुख तटस्थ नबस्दा लोकतन्त्र र संविधान मिचिएको उनले दाबी गरे।

प्रकाशित: Jul 07, 2023| 15:37 शुक्रबार, असार २२, २०८०
प्रतिक्रिया दिनुहोस्