आइतबार, वैशाख २७, २०८३

सदन खुलाउने सभामुखको प्रयास असफल, आइतबारसम्मलाई बैठक स्थगित

 |  शुक्रबार, असार २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २२, २०८०

काठमाडौं- आज अपराह्न  ३ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको हो।  

National life

सभामुख देवराज घिमिरेले बैठक सहज रुपमा सञ्चालनका लागि विभिन्न दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए। तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएसम्म बैठक चल्न नदिने अडान लिएपछि बैठक सारिएको हो।

गत मंगलबार भारतीय मूलका नेपाली व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर एमालेले राजीनामा माग गर्दै संसद्‍मा अवरोध गर्दै आइरहेको छ। संसद्को अवरोध हटाउन सभामुख घिमिरेले आज विभिन्न चरणमा छलफल गरेका थिए।

राष्ट्रियसभाको बैठक पनि एमालेकै अवरोधका कारण आइतबारसम्मलाई स्थगित भएको छ।

 

प्रकाशित: Jul 07, 2023| 15:22 शुक्रबार, असार २२, २०८०
प्रतिक्रिया दिनुहोस्