आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदमाथि शंका लागेको मेयर बालेनको टिप्पणी 

प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदमाथि शंका लागेको मेयर बालेनको टिप्पणी 

संसद्मा दिल्लीको आदेश मान्नेहरुको बहुमत रहेकाले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदमाथि शंका व्यक्त गर्नुपरेको मेयर बालेनले कटाक्ष गरेका हुन्। 
 |  शुक्रबार, असार २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २२, २०८०

काठमाडौं– काठमाडौं महानगरका मेयर बालेन साहले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डभन्दा पनि उनलाई प्रधानमन्त्री बनाउने सांसदमाथि आफूलाई शंका लागेको टिप्पणी गरेका छन्।

National life

संसद्मा दिल्लीको आदेश मान्नेहरुको बहुमत रहेकाले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदमाथि शंका व्यक्त गर्नुपरेको मेयर बालेनले प्रस्ट पारेका छन्।

आज सामाजिक सञ्जाल फेसबुकमा मेयर बालेनले भनेका छन्, ‘हामीलाई प्रचण्डज्यूभन्दा उहाँलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लाग्यो। दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा।’

उनले अगाडि भनेका छन्, ‘भारतीय गुलामले देश चलाउँदै छ र म मात्र विरोधमा? र, म मात्र अदालतको अवहेलनामा? सबै जना मरेका लाश हुन्?’ यसअघि पनि बालेनले राजनीतिक दलका नेता, मन्त्री सबैलाई झटारो हान्दै आएका छन्।

प्रकाशित: Jul 07, 2023| 15:06 शुक्रबार, असार २२, २०८०
प्रतिक्रिया दिनुहोस्