NadaNada
मंगलबार, भदौ ३, २०८२

तरुण दलमा मनोनीत सदस्यलाई आरजुको बधाइ

कांग्रेसको नीतिलाई अगाडि बढाउन बलियो खम्बा तरुण दलले थप पहल गर्नुपर्ने आरजुको धारणा।
 |  शुक्रबार, असार २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २२, २०८०

vianetvianet

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणाले पार्टीको भ्रातृ संस्था तरुण दलमा हालै मनोनीत केन्द्रीय सदस्यलाई बधाइ दिएकी छन्।

शुक्रबार शंखमूलमा आयोजित कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं सांसदसमेत रहेकी आरजुले काठमाडौंमा उपस्थित हालै मनोनीत  तरुण दलका केन्द्रीय सदस्यलाई खादासहितको बधाइ दिएकी हुन्।

उनले देशलाई कांग्रेसले मात्र सही निकास दिन सक्ने र अरु नयाँ, पुराना कुनै पनि पार्टीसँग त्यो क्षमता नभएको बताइन्। कांग्रेसको नीतिलाई अगाडि बढाउन बलियो खम्बाको रुपमा रहेको तरुण दलले अझ मिहिनेत गर्नुपर्ने उनको धारणा छ।

कार्यक्रममा तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले संगठनलाई बलियो र अनुशासित बनाएर कांग्रेसको रणनीतिअनुसार परिचालन गरिने बताए।केही दिनअघि मात्रै कांग्रेस सभापति देउवाले तरुण दलमा ४ सय सदस्य मनोनीत गरेर संगठनलाई पूर्णता दिएका थिए।

प्रकाशित: Jul 07, 2023| 14:11 शुक्रबार, असार २२, २०८०
प्रतिक्रिया दिनुहोस्