आइतबार, वैशाख २७, २०८३

प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न, सरकार ढल्दैन: मन्त्री शर्मा

 |  शुक्रबार, असार २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २२, २०८०

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढल्ने कुनै सम्भावना नरहेको बताएकी छिन्। आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले अहिले सरकार दायाँबायाँ हुने अवस्थामा नरहेको प्रस्ट पारेकी हुन्।

National life

पछिल्लो समय प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई लिएर राजीनामा मागिरहेका बेला मन्त्री शर्माको यस्तो भनाइ आएको हो। व्यवसायी प्रितम सिंहबारे दिएको अभिव्यक्तिबारे  दाहालले नै स्पष्ट पारिसकेको पनि शर्माले बताइन्।

सरकारलाई जनताको पूर्ण साथ रहेको उल्लेख गर्दै मन्त्री शर्माले भनिन्, 'सरकार ढल्ने कुनै सम्भावना छैन। दायाँबायाँ हुँदैन। यस सरकारलाई जनताको पूर्ण साथ छ। सरकारले राम्रो काम गरिरहेको छ।'

सरकारले हाइ प्रोफाइल संलग्न भ्रष्टाचारका फाइल खोलिरहेकाले पनि जनताको साथ र समर्थन बढिरहेको मन्त्री शर्माको भनाइ छ। उनले भनिन्, 'जनताको मर्म बोक्ने, जनताका मुद्दा बोक्ने काम गर्नुपर्छ भन्ने कुरामा सरकार दृढ छ। सरकारले भ्रष्टाचार नियन्त्रणसम्बन्धी थुप्रै काम गर्दैछ। हाइ प्रोफाइल मान्छे नै भए पनि कानुनी दायरामा आउनुपर्छ। सबै कानुनको दायरामा आउनुपर्छ। गल्ती गर्नेहरू कानुनको दायरामा आउनुपर्छ भन्ने कुरामा सरकार दृढताका साथ लागेको छ।'

मन्त्री शर्माले नागरिकता ऐन प्रमाणीकरण भएपछि नागरिकताविहीनहरूले नागरिकता पाएको पनि बताइन्। पछिल्लो समय मिटरब्याजसम्बन्धी अध्यादेश संसद् अवरोधका कारण निष्क्रिय भए पनि सरकारले तत्काल यससम्बन्धी विधेयक ल्याउने उनले जानकारी दिइन्।

 

प्रकाशित: Jul 07, 2023| 12:59 शुक्रबार, असार २२, २०८०
प्रतिक्रिया दिनुहोस्