शनिबार, साउन ३१, २०८२

आज बस्ने प्रतिनिधिसभा बैठकमा तीन विधेयक प्रस्तुत हुने

 |  शुक्रबार, असार २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २२, २०८०

vianetvianet
Metro Mart

काठमाडौं- प्रतिनिधिसभा बैठक आज बस्दै छ। सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ। सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा तीन वटा विधेयक प्रस्तुत हुनेछन्। जसअनुसार राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० प्रतिनिधिसभा बैठकमा टेबुल हुनेछ। 

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० पेस गर्नेछन् भने राष्ट्रियसभामा उत्पत्ति भएको ‘मलुकी संहिता सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।

आजै सो विधेयक माथि संसोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा राखिएको छ। यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलहरू भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडानमा छन्।

प्रकाशित: Jul 07, 2023| 08:51 शुक्रबार, असार २२, २०८०
प्रतिक्रिया दिनुहोस्