शनिबार, साउन ३१, २०८२

कांग्रेस जिल्ला सभापतिहरुको बैठक आज पनि बस्दै

 |  शुक्रबार, असार २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २२, २०८०

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक आज पनि बस्दैछ। बिहीबारदेखि सुरु भएको बैठक आज पनि पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्नेछ।

बैठकमा ४२ जिल्लाका जिल्ला सभापतिहरूसहित अन्य केन्द्रीय र प्रदेशका प्रतिनिधिहरू पनि सहभागी रहेका छन्। हिजोको बैठकमा २६ जना जिल्ला सभापतिहरूले आफ्नो धारणा राखेका थिए भने बाँकीले आज आफ्नो धारणा राख्ने छन्।

जिल्ला सभापतिहरूको धारणा सुने पछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले त्यसको जवाफ दिने तथा पार्टीको निर्देशन दिने कार्यक्रम रहेको छ।

पार्टीको पछिल्लो १४ औं महाधिवेशन पछि पहिलो पटक कांग्रेसले जिल्ला सभापतिहरूसँग बैठक आयोजना गरेको हो। बैठकमा पार्टी सदस्यता, जिल्ला समितिमा देखिएका विवाद र समस्यालगायत केन्द्रीय समितिलाई सुझाव माग गरिएको छ।

प्रकाशित: Jul 07, 2023| 09:09 शुक्रबार, असार २२, २०८०
प्रतिक्रिया दिनुहोस्