बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बालेनको आक्रोश- भारतीय गुलामले देश चलाउँदैछन्, म मात्र अदालतको अवहेलनामा?

बालेनको आक्रोश- भारतीय गुलामले देश चलाउँदैछन्, म मात्र अदालतको अवहेलनामा?

 |  बिहीबार, असार २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २१, २०८०

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भारतीय गुलामहरुले देश चलाउँदै गरेको टिप्पणी गरेका छन्।

National life

उनले सरकारमा दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेको र यसमा आफूले मात्रै विरोध गरेको र म मात्र अदालतको अवहेलनामा भनि प्रश्न गरेका छन्। बिहीबार राति सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘भारतीय गुलामहरुले देश चलाउदैछ, र म मात्र विरोधमा ? र म मात्र अदालतको अबहेलनामा ?’

उनले अगाडी लेखेका छन्, ‘हामीलाई प्रचण्डज्यू भन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लायो।’

 

Shivam cement

 

यही असार १८ गते प्रितम सिंहबारेको पुस्तक विमोचन कार्यक्रममा प्रमुख अतिथि थिए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड। प्रितमकी छोरी किरण दीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली’विमोचन कार्यक्रममा प्रचण्डले 'आफूलाई प्रधानमन्त्री बनाउन सिंह धेरैचोटि दिल्ली गएको' आशयको धारणा राखेका थिए। 

 

 

प्रकाशित: Jul 06, 2023| 21:27 बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्