काठमाडौं- संसद अवरुद्ध भएकोबारे नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसदमा प्रधानमन्त्रीले आफ्नो धारणा राखेपछि स्पष्ट हुने बताएका छन्।
बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा भएको जिल्ला सभापतिहरुको भेलापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन्।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिले सबैलाई अफ्ठ्यारो महशुस गरेको बताए। उनले प्रधानमन्त्री दाहालले पुस्तक विमोचनका क्रममा अभिव्यक्त गरेको कुरा प्रधानमन्त्रीको हैसियतले बोल्नु नहुने र शोभनीय नभएको पनि जिकिर गरे।
उनले प्रधानमन्त्री स्वयंले यस विषयमा संसदमा स्पष्टीकरण दिएपछि अन्योलता हट्ने पनि स्पष्ट पारे।