आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • एसईई उत्तिर्ण विद्यार्थीलाई ओलीको सुझाव - रुचिका आधारमा विषय छान्‍नू 

एसईई उत्तिर्ण विद्यार्थीलाई ओलीको सुझाव - रुचिका आधारमा विषय छान्‍नू 

 |  बिहीबार, असार २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २१, २०८०

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो आन्तरिक रुचिका आधारमा विषय छनोट गर्न विद्यार्थीहरूलाई सुझाव दिएका छन्।

बिहीबार माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तीर्ण हुने विद्यार्थीहरूलाई बधाई दिँदै ओलीले अबको पढाइमा विषय छनोट गर्दा अहिले प्राप्त गरेको अंकको आधारमा भन्दा पनि आफ्नो आन्तरिक रुचिको आधारमा गर्न सुझाव दिएका हुन्।

'शिक्षामा आफूले छनोट गरेको विषयमा निरन्तर सफलता प्राप्त होओस्। जीवनका सम्पूर्ण परीक्षा सफल होऊन्, उत्तरोत्तर प्रगतिको कामना,' ओलीले फेसबुकमा भनेका छन। आज परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ।

प्रकाशित: Jul 06, 2023| 20:02 बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्