बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • जन्मदिन मनाउन परिवारसहित लाकुरीभञ्ज्याङ पुगे पूर्वराजा ज्ञानेन्द्र

जन्मदिन मनाउन परिवारसहित लाकुरीभञ्ज्याङ पुगे पूर्वराजा ज्ञानेन्द्र

 |  बिहीबार, असार २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २१, २०८०

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह जन्मदिन मनाउन ललितपुर र भक्तपुरको सीमानामा पर्ने लाँकुरिभञ्ज्याङस्थित टेरेसेस होटल पुगेका छन्। 

National life

बिहीबार उनी परिवारसहित सो होटल पुगेको सुरक्षा स्रोतले जानकारी दिएको छ। उनी त्यहाँ तीन दिन रहनेगरी बुकिङ गरिएको हो। 

उनी बिहीबारबाट ७६ वर्ष पूरा गरी ७७ वर्षमा प्रवेश गर्दैछन्। ज्ञानेन्द्र शाह २००४ साल असार २३ गते जन्मिएका थिए। उनी राजा महेन्द्रका माहिला छोरा हुन्।

वि.सं. २०५८ जेठ १९ गते नारायणहिटी दरवार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंश नास भएपछि वीरेन्द्रका भाइ ज्ञानेन्द्र राजा बनेका थिए।

ज्ञानेन्द्र परिवार बसेको उक्त होटल काठमाडौं उपत्यकालाई दृश्यावलोकन गर्न सबैभन्दा उत्कृष्ट स्थानको रुपमा पछिल्लो चरण लिन थालिएको छ।

Shivam cement

प्रकाशित: Jul 06, 2023| 20:20 बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्