बिहीबार, असार ४, २०८३

रुपगार खोलाको 'बेलिब्रिज' निर्माण अलपत्र

 |  बिहीबार, असार २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २१, २०८०

डोल्पा- भेरी करिडोर सडक आयोजनाअन्तर्गत डोल्पा ठूलीभेरी नगरपालिकामा पर्ने रुपगार खोलाको ‘बेलिब्रिज’ एक वर्षदेखि अलपत्र बनेको छ। पुल निर्माणको जिम्मा पाएको इको इन्फ्रा विल्डर्सका प्रोप्राइटर तेञ्जिन लामा र रेट्रो टेकका प्रोप्राइटर बादल बुढाबीच लेनदेनको कुरा नमिल्दा पुल निर्माण अलपत्र परेको हो।

National life

पुल निर्माण नहुँदा बर्खाको उर्लँदो भेलमा काठको पुलबाट जोखिमपूर्ण यात्रा गर्न स्थानीय बाध्य छन्। पुल निर्माणका लागि दुवैतिर आधार तयार गरे पनि निर्माणका लागि ल्याइएका सामान बीच बाटोमै अलपत्र छन्।

त्रिपुरासुन्दरी नगरपालिका–५ मा स्थित करोपगार्ड र खदाग, वडा नं १ मा पर्ने त्रिपुराकोट र ठूलीभेरी नगरपालिका–९ मा स्थित रुपगार गरी चार वटा पुल निर्माणको जिम्मा इको इन्फ्रा बिल्डर्स प्रालिले लिएको भेरी करिडोर सडक आयोजना कार्यालय जाजरकोटले जनाएको छ।

सडक सव–डिभिजन कार्यालय चौहरजहारीले दुई चरणमा ठेक्का सम्झौता खुलाइएको थियो। पुल निर्माण सम्झौता भएको मितिले एक वर्षभित्र सम्पन्न गर्ने गरी विसं २०७७ पुस ५ मा रू चार करोड ५२ लाखमा निर्माणको जिम्मा लिएको थियो।

पहिलो चरणमा करोपगार्ड र खदागको पुलका लागि प्रालिले रू दुई करोड २१ लाखमा जिम्मा लिएको थियो। प्रालिले उक्त पुलको जिम्मा डोल्पाका स्थानीय कृष्ण निर्माण सेवाका प्रोप्राइटर राज न्यौपानेलाई बेचेको थियो। “ठेक्का भएअनुसार एक वर्षभित्रै पुल निर्माण सके पनि करिब रू ७० लाख भुक्तानी अझै पाएको छैन”, न्यौपानेले भने। पहिलो चरणको ठेक्काअन्तर्गत रू एक करोड ३६ लाख भुक्तानी भइसकेको र रू ८५ लाख भुक्तानी हुन बाँकी रहेको भेरी करीडोर सडक आयोजना कार्यालय जाजरकोटले जनाएको छ।

Shivam cement

दोस्रो चरणमा त्रिपुराकोट र रुपगारमा बेलिब्रिज बनाउने जिम्मा इको इन्फ्रा बिल्डर्स प्रालिले रू दुई करोड ३१ लाखमा लिएको थियो। उक्त कामका लागि प्रालिले रू एक करोड २० लाखमा स्थानीय रेट्रो टेक कम्पनीका प्रोप्राइटर बादल बुढालाई जिम्मा दिएको थियो। बुढाले आफूले जिम्मा पाएअनुसार त्रिपुराकोटको काम सम्पन्न गरेर रुपगार खोलामा दुवैतिर संरचना निर्माणको काम समयमै सम्पन्न गरेको दाबी गरे।

सम्झौता अनुसार रू ८२ लाख रकम भुक्तानी पाएको र बाँकी रू ३८ लाख रकम पाउन बाँकी रहेकाले त्रिवेणीमा सामान रोकेको बुढाले स्वीकार गरे। “काम गरेको रकम लामो समयदेखि पाएको छैन। सम्पर्क गर्न खोज्दा मुख्य ठेकेदार बाँकी रकम भुक्तानी गर्ने चासो देखाउँदैन। रकम अभावका कारण पुल निर्माणमा ढिलासुस्ती भएको हो”, उनले भने, “भुक्तानी पाउने बाँकी रकमको ५० प्रतिशत मात्रै भुक्तानी भए काम अगाडि बढाउने छौँ।” उनले मुख्य ठेकेदारले बाँकी पैसा नदिँदा कामदारलाई समेत पैसा दिन नसकिएको बताए। तोकेको प्रक्रिया पूरा नभए काम सुरु नगर्ने र गर्न पनि नदिने बुढाले बताए।

इको इन्फ्रा बिल्डर्सका प्रतिनिधि तेञ्जिन लामाका अनुसार आफूले बुढालाई रू २५र२६ लाखको हाराहारीमा मात्र भुक्तानी गर्न बाँकी रहेको बताए। “हामीले डोल्पाका अन्य स्थानीय ठेकेदारलाई पनि लाखौँ रकम दिन बाँकी छ। उनीहरुले भुक्तानी पछि दिँदा हुन्छ भनेर काममा सहयोग गरिरहेका छन्। बुढाले भने काम अड्काइरहेका छन्”, उनले भने, “विभिन्न निकायको दबाब आएकाले एक महिना अघि डोल्पा पुगेर काम सुरु गरेका छौँ। बुढाले पुलको सामान बोकेको ट्रक त्रिवेणी बजारमा रोकेर अवरोध गरेपछि काम अलपत्र परेको हो।”

डोल्पामा बुढासँग छलफल गर्ने र काम अगाडि बढाउने प्रयास गरे पनि उहाँ सम्पर्कमा नआएपछि काठमाडौँ फर्किएको लामाको भनाइ थियो। यसका लागि रू एक करोड ५३ लाख भुक्तानी भएको र रू ७८ लाख भुक्तानी गर्न बाँकी रहेको कार्यालयले जनाएको छ। बेलिब्रिजको सामान आधा तल्नुबगर, त्रिवेणी, करोपगार, त्रिपुराकोट र रुपगार्डलगायत विभिन्न ठाउँमा अलपत्र परेका छन्।

यसैबीच, ठूलीभेरी नगरपालिकाका प्रमुख सुवर्ण बुढाले मुख्य ठेकेदार, स्थानीय सहायक ठेकदार र भेरी करिडोर सडक आयोजना कार्यालयको लापर्बाहीका कारण पुल निर्माणको काम अलपत्र परेको बताए।

“पुल अलपत्र भएको दुई वर्षभन्दा धेरै भइसक्यो, ठेकेदार र सम्बन्धित कार्यालयलाई पटक–पटक ताकेता गर्दा पनि सुनुवाइ भएन। म्याद थपेर कामको जिम्मा दिएको पनि एक वर्ष बितेको छ। ठेकेदार र कार्यालयको कमजोरीले डोल्पावासीले सास्ती भेग्दै आएका छन्”, उनले भने, “जिल्ला प्रशासन, स्थानीय सरकार र सरोकारवालाको पहलमा काम अगाडि बढाउने प्रयास भए पनि मुख्य ठेकेदार कम्पनीका कारण काम रोकिएको छ।”

डोल्पास्थित प्रमुख जिल्ला अधिकारी भूमिश्वार पोख्रेलले आफू डोल्पा पुगेको भोलिपल्टदेखि पुल निर्माण कार्य सुरु गराउनतर्फ लागे पनि सुनुवाइ नभएको बताए।

“हामीले मुख्य ठेकेदारका प्रतिनिधि र स्थानीय ठेकेदारसँग चरणबद्ध छलफल गरेका छौँ। तत्काल काम सुरु गर्ने सहमति भए पनि ठेकेदारले काम अगाडि बढाएका छैनन्”, उनले भने, “रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी, भेरी करिडोरका कार्यालय प्रमुख र ठूलीभेरी नगरपालिकाका प्रमुखसँग छलफल गरेका छौँ। आन्तिरिक सहमति जुटाएर यथाशीघ्र काम सुरु नभए कानुनी कारबाहीका लागि दबाब दिन्छौँ।”

बर्खाको समयमा पुल नहुँदा नगरपालिकाले बनाएको काठेपुलबाट आवतजावत गर्नुपर्ने बाध्यता रहेको प्रजिअ प्रोख्रेलले बताए।

भेरीकरिडोर सडक आयोजना कार्यालय डोल्पाका प्रमुख सुरज अधिकारीले पुल निर्माणका लागि ठेक्काको सम्पूर्ण काम सडक सव–डिभिजन कार्यालयले गरेको बताए। “पुल निर्माणका लागि ठेक्काको सम्पूर्ण काम सव–डिभिजन कार्यालयले गरेको हो। आफ्नो कार्यालयको जिम्मामा आएको धेरै नभएकाले अहिले पुल निर्माण सुरु गराउन लागिरहेका छौँ”, उनले भने।

काम सञ्चालनका लागि मुख्य ठेकेदार र स्थानीय ठेकेदारबीच समन्वय गरी निर्माण अगाडि बढाउने पहल भइरहेको प्रमुख अधिकारीले बताए। उनले काम अगाडि नबढे कानुनी प्रक्रियामा जाने प्रतिबद्धता जनाए। रासस
डोल्पा, २१ असार। भेरी करिडोर सडक आयोजनाअन्तर्गत डोल्पा ठूलीभेरी नगरपालिकामा पर्ने रुपगार खोलाको ‘बेलिब्रिज’ एक वर्षदेखि अलपत्र बनेको छ। पुल निर्माणको जिम्मा पाएको इको इन्फ्रा विल्डर्सका प्रोप्राइटर तेञ्जिन लामा र रेट्रो टेकका प्रोप्राइटर बादल बुढाबीच लेनदेनको कुरा नमिल्दा पुल निर्माण अलपत्र परेको हो।

पुल निर्माण नहुँदा बर्खाको उर्लँदो भेलमा काठको पुलबाट जोखिमपूर्ण यात्रा गर्न स्थानीय बाध्य छन्। पुल निर्माणका लागि दुवैतिर आधार तयार गरे पनि निर्माणका लागि ल्याइएका सामान बीच बाटोमै अलपत्र छन्।

त्रिपुरासुन्दरी नगरपालिका–५ मा स्थित करोपगार्ड र खदाग, वडा नं १ मा पर्ने त्रिपुराकोट र ठूलीभेरी नगरपालिका–९ मा स्थित रुपगार गरी चार वटा पुल निर्माणको जिम्मा इको इन्फ्रा बिल्डर्स प्रालिले लिएको भेरी करिडोर सडक आयोजना कार्यालय जाजरकोटले जनाएको छ।

सडक सव–डिभिजन कार्यालय चौहरजहारीले दुई चरणमा ठेक्का सम्झौता खुलाइएको थियो। पुल निर्माण सम्झौता भएको मितिले एक वर्षभित्र सम्पन्न गर्ने गरी विसं २०७७ पुस ५ मा रू चार करोड ५२ लाखमा निर्माणको जिम्मा लिएको थियो।

पहिलो चरणमा करोपगार्ड र खदागको पुलका लागि प्रालिले रू दुई करोड २१ लाखमा जिम्मा लिएको थियो। प्रालिले उक्त पुलको जिम्मा डोल्पाका स्थानीय कृष्ण निर्माण सेवाका प्रोप्राइटर राज न्यौपानेलाई बेचेको थियो। “ठेक्का भएअनुसार एक वर्षभित्रै पुल निर्माण सके पनि करिब रू ७० लाख भुक्तानी अझै पाएको छैन”, न्यौपानेले भने। पहिलो चरणको ठेक्काअन्तर्गत रू एक करोड ३६ लाख भुक्तानी भइसकेको र रू ८५ लाख भुक्तानी हुन बाँकी रहेको भेरी करीडोर सडक आयोजना कार्यालय जाजरकोटले जनाएको छ।

दोस्रो चरणमा त्रिपुराकोट र रुपगारमा बेलिब्रिज बनाउने जिम्मा इको इन्फ्रा बिल्डर्स प्रालिले रू दुई करोड ३१ लाखमा लिएको थियो। उक्त कामका लागि प्रालिले रू एक करोड २० लाखमा स्थानीय रेट्रो टेक कम्पनीका प्रोप्राइटर बादल बुढालाई जिम्मा दिएको थियो। बुढाले आफूले जिम्मा पाएअनुसार त्रिपुराकोटको काम सम्पन्न गरेर रुपगार खोलामा दुवैतिर संरचना निर्माणको काम समयमै सम्पन्न गरेको दाबी गरे।

सम्झौता अनुसार रू ८२ लाख रकम भुक्तानी पाएको र बाँकी रू ३८ लाख रकम पाउन बाँकी रहेकाले त्रिवेणीमा सामान रोकेको बुढाले स्वीकार गरे। “काम गरेको रकम लामो समयदेखि पाएको छैन। सम्पर्क गर्न खोज्दा मुख्य ठेकेदार बाँकी रकम भुक्तानी गर्ने चासो देखाउँदैन। रकम अभावका कारण पुल निर्माणमा ढिलासुस्ती भएको हो”, उनले भने, “भुक्तानी पाउने बाँकी रकमको ५० प्रतिशत मात्रै भुक्तानी भए काम अगाडि बढाउने छौँ।” उनले मुख्य ठेकेदारले बाँकी पैसा नदिँदा कामदारलाई समेत पैसा दिन नसकिएको बताए। तोकेको प्रक्रिया पूरा नभए काम सुरु नगर्ने र गर्न पनि नदिने बुढाले बताए।

इको इन्फ्रा बिल्डर्सका प्रतिनिधि तेञ्जिन लामाका अनुसार आफूले बुढालाई रू २५र२६ लाखको हाराहारीमा मात्र भुक्तानी गर्न बाँकी रहेको बताए। “हामीले डोल्पाका अन्य स्थानीय ठेकेदारलाई पनि लाखौँ रकम दिन बाँकी छ। उनीहरुले भुक्तानी पछि दिँदा हुन्छ भनेर काममा सहयोग गरिरहेका छन्। बुढाले भने काम अड्काइरहेका छन्”, उनले भने, “विभिन्न निकायको दबाब आएकाले एक महिना अघि डोल्पा पुगेर काम सुरु गरेका छौँ। बुढाले पुलको सामान बोकेको ट्रक त्रिवेणी बजारमा रोकेर अवरोध गरेपछि काम अलपत्र परेको हो।”

डोल्पामा बुढासँग छलफल गर्ने र काम अगाडि बढाउने प्रयास गरे पनि उहाँ सम्पर्कमा नआएपछि काठमाडौँ फर्किएको लामाको भनाइ थियो। यसका लागि रू एक करोड ५३ लाख भुक्तानी भएको र रू ७८ लाख भुक्तानी गर्न बाँकी रहेको कार्यालयले जनाएको छ। बेलिब्रिजको सामान आधा तल्नुबगर, त्रिवेणी, करोपगार, त्रिपुराकोट र रुपगार्डलगायत विभिन्न ठाउँमा अलपत्र परेका छन्।

यसैबीच, ठूलीभेरी नगरपालिकाका प्रमुख सुवर्ण बुढाले मुख्य ठेकेदार, स्थानीय सहायक ठेकदार र भेरी करिडोर सडक आयोजना कार्यालयको लापर्बाहीका कारण पुल निर्माणको काम अलपत्र परेको बताए।

“पुल अलपत्र भएको दुई वर्षभन्दा धेरै भइसक्यो, ठेकेदार र सम्बन्धित कार्यालयलाई पटक–पटक ताकेता गर्दा पनि सुनुवाइ भएन। म्याद थपेर कामको जिम्मा दिएको पनि एक वर्ष बितेको छ। ठेकेदार र कार्यालयको कमजोरीले डोल्पावासीले सास्ती भेग्दै आएका छन्”, उनले भने, “जिल्ला प्रशासन, स्थानीय सरकार र सरोकारवालाको पहलमा काम अगाडि बढाउने प्रयास भए पनि मुख्य ठेकेदार कम्पनीका कारण काम रोकिएको छ।”

डोल्पास्थित प्रमुख जिल्ला अधिकारी भूमिश्वार पोख्रेलले आफू डोल्पा पुगेको भोलिपल्टदेखि पुल निर्माण कार्य सुरु गराउनतर्फ लागे पनि सुनुवाइ नभएको बताए।

“हामीले मुख्य ठेकेदारका प्रतिनिधि र स्थानीय ठेकेदारसँग चरणबद्ध छलफल गरेका छौँ। तत्काल काम सुरु गर्ने सहमति भए पनि ठेकेदारले काम अगाडि बढाएका छैनन्”, उनले भने, “रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी, भेरी करिडोरका कार्यालय प्रमुख र ठूलीभेरी नगरपालिकाका प्रमुखसँग छलफल गरेका छौँ। आन्तिरिक सहमति जुटाएर यथाशीघ्र काम सुरु नभए कानुनी कारबाहीका लागि दबाब दिन्छौँ।”

बर्खाको समयमा पुल नहुँदा नगरपालिकाले बनाएको काठेपुलबाट आवतजावत गर्नुपर्ने बाध्यता रहेको प्रजिअ प्रोख्रेलले बताए।

भेरीकरिडोर सडक आयोजना कार्यालय डोल्पाका प्रमुख सुरज अधिकारीले पुल निर्माणका लागि ठेक्काको सम्पूर्ण काम सडक सव–डिभिजन कार्यालयले गरेको बताए। “पुल निर्माणका लागि ठेक्काको सम्पूर्ण काम सव–डिभिजन कार्यालयले गरेको हो। आफ्नो कार्यालयको जिम्मामा आएको धेरै नभएकाले अहिले पुल निर्माण सुरु गराउन लागिरहेका छौँ”, उनले भने।

काम सञ्चालनका लागि मुख्य ठेकेदार र स्थानीय ठेकेदारबीच समन्वय गरी निर्माण अगाडि बढाउने पहल भइरहेको प्रमुख अधिकारीले बताए। उनले काम अगाडि नबढे कानुनी प्रक्रियामा जाने प्रतिबद्धता जनाए।     -रासस

प्रकाशित: Jul 06, 2023| 20:44 बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्