शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • खुकुलो मौद्रिक नीति ल्याउन महासंघ अध्यक्ष ढकालको आग्रह

खुकुलो मौद्रिक नीति ल्याउन महासंघ अध्यक्ष ढकालको आग्रह

 |  बिहीबार, असार २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २१, २०८०

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले खुकुलो मौद्रिक नीति ल्याउन आग्रह गरेका छन्। उनले कसिलो मौद्रिक नीतिका कारण चालू आर्थिक वर्ष अनुमानित भन्दा ६ प्रतिशत कम अर्थतन्त्र विस्तार भएको भन्दै खुकुलो मौद्रिक नीति आवश्यक रहेको बताए।

triton college

आगामी मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई सुझाव दिन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको संयुक्त कार्यक्रममा ढकालले आर्थिक गतिविधि सुस्त हुँदा बैंकहरुको कर्जा असुली सुस्ताएको र कर्जा लगानी बिग्रिने अवस्थामा पुगेको उल्लेख गरे। जसलाई सम्बोधन गर्न उनले बैंक वित्तीय संस्था र ऋणी दुवै जवाफदेही हुने नीति अवलम्बन गर्न आग्रह गरे।

उनले मुद्दति र बचतको फरक ब्याजदरको सीमालाई पनि परिमार्जन गर्न सुझाए। 'विद्यमान अवस्था अनुसार बचत र मुद्दती निक्षेपमा ५ प्रतिशतको फरक हुनुपर्छ। यसले गर्दा मुद्दती बचतमा सर्वसाधारण आकर्षित भएको जसले बैंकहरुको लागत बढाएको छ,' उनले भने।

लागत वृद्धिलाई कारण बैंकहरुको सस्तो कर्जा उपलब्ध गराउन नसकेको उनको तर्क थियो। ब्याजदर माथिल्लो तहमा भएको भन्दै उनले तरलता हुँदा हुँदै पनि कर्जाको माग आउन नसकेको उनले उल्लेख गरे।

प्रकाशित: Jul 06, 2023| 18:19 बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्