बुधबार, वैशाख ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • महालक्ष्मी विकास बैंकले दियो कालिकोटका पाँच विद्यार्थीलाई छात्रवृत्ति

महालक्ष्मी विकास बैंकले दियो कालिकोटका पाँच विद्यार्थीलाई छात्रवृत्ति

 |  बिहीबार, असार २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २१, २०८०

काठमाडौं- महालक्ष्मी विकास बैंकले कालिकोट जिल्लाका ५ जना विद्यार्थीलाई प्लस टू वा डिप्लोमा अध्ययनका लागि २ लाख ५० हजार रूपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ।

National life

सामुदायिक विद्यालयबाट एसईई उत्तिर्ण गरी काठमाडौं वा अन्य जिल्लामा गई थप अध्ययन गर्न चाहने विद्यार्थिलाई लक्षित गरेर कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रलाई सो रकम सहयोग गरेको बै‌ंकले जनाएको छ।
परिवारको आर्थिक अवस्था कमजोर भएका कक्षा ११ र सीटीईभीटी अन्तर्गत डिप्लोमा अध्ययन गरिरहेका ५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको जनाएको छ। बैंकका निक्षेप बजारिकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले केन्द्रका अध्यक्ष टेकराज शाहीलाई २ लाख ५० हजार बराबरको चेक हस्तान्तरण गरेका हुन्।

भक्तपुरमा रहेको बागिश्वरी माविका दत्त कठायत, बूढानीलकण्ठस्थित लोयल्टी एकेडेमीका ईश्वरी शाही, सुर्खेतस्थित भैरव माविका भावना शाही, बूढानीलकण्ठस्थित ब्रेन ल्याण्ड एकेडेमीका सृष्टि शाही र चावहिलस्थित रिलायन्स इन्टरनेसनल एकेडेमीका सृष्टिकुमारी शाहीलाई प्रति विद्यार्थी ५०/५० हजार रूपैयाँका दरले छात्रवृत्ति उपलब्ध गराएकोे बैंकले जनाएको छ।

 

 

प्रकाशित: Jul 06, 2023| 19:15 बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्