बिहीबार, साउन २९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंकले ल्यायो ‘ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा’

ग्लोबल आइएमई बैंकले ल्यायो ‘ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा’

 |  बिहीबार, असार २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार २१, २०८०

vianetvianet

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई लक्षित गरी ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा योजना सञ्चालनमा ल्याएको छ।

बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्मको कर्जा बिनाधितो प्रदान गर्नेछ। यो कर्जा १२.०८ प्रतिशतको स्थिर ब्याजदरमा पाइनेछ।

२१ वर्ष वा सोभन्दा बढी उमेरका नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा जान लागेका तथा ग्लोबल आइएमई बैंकमा कुनै पनि प्रकारको बचत खाता भएका नेपाली नागरिकहरुले यस योजनाअन्तर्गत आइएमईपे वालेटबाट आवेदन दिई कर्जा प्राप्त गर्न सक्नेछन्।

बैंकले नेपाल, भारत र भुटान बाहेक मलेशिया, साउदीअरब, कतार, ओमान, युएई, जापान, दक्षिण कोरिया र अन्य प्रचलित गन्तब्यहरुमा वैदेशिक रोजगारीका लागि जानेहरुलाई प्राथमिकताका आधारमा कर्जा उपलब्ध गराउनेछ। उक्त कर्जाको अवधि १८ महिनाको रहेको छ।

बैंकले यूके एड, सीप दक्षता कार्यक्रम, आइएमईपे र आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडसँगको सहकार्यमा उक्त कर्जा कार्यक्रम ल्याएको हो। ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

Metro Mart

बैंकले ३५७ शाखा कार्यालय, ३६२ एटीएम, ३२२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गरिरहेको छ।

 

प्रकाशित: Jul 06, 2023| 19:01 बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्