बिहीबार, साउन २९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • भारत सरकारको सहयोगमा निर्मित उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण

भारत सरकारको सहयोगमा निर्मित उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण

 |  बिहीबार, असार २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार २१, २०८०

vianetvianet

काठमाडौं- दैलेख जिल्लामा भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएका ४ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको हस्तान्तरण गरिएको छ।

४ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्र्तगत दैलेख जिल्लामा रहेको लालिकाँडास्थित श्री मालिका उच्च माध्यमिक विद्यालय, बडाभैरवस्थित श्री भैरव माध्यमिक विद्यालय, बडाखोलास्थित श्री जगदीश माध्यमिक विद्यालय र रामपुरस्थित श्री नारायण क्याम्पसको क्याम्पस भवन हस्तान्तरण गरिएको हो।

नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको नेरु १० करोड ८६ लाख आर्थिक सहयोगमा  सम्पन्न उक्त भवनको भारत सरकारको तर्फबाट भारतीय राजदूतावासको विकास साझेदारी प्रभागका द्वितीय सचिव  प्रशान्त कुमार सोनाले  नेपाल सरकारका सम्बन्धित स्थानीय निकायलाई औपचारिक रुपमा हस्तान्तरण गरेका हुन्।

हस्तान्तरण  कार्यक्रममा जिल्ला समन्वय समिति, दैलेखका प्रमुख  नमराज शाही,गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर वि।सी, भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापा, महाबु गाउँपालिकाका कार्यवाहक अध्यक्ष  मन्जु कुमारी शर्मा (पाण्डे), नारायण नगरपालिकाका नगर प्रमुख  लोमन शर्मा, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी तथा स्थानीय समुदायका अगुवाको उपस्थिति थियो।

यी परियोजनाहरु भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो। विद्यालय र क्याम्पस निर्माण परियोजनाको कार्यान्वयन जिल्ला समन्वय समिति, दैलेखमार्फत भएको हो। यी विद्यालय र क्याम्पस भवनले त्यस क्षेत्रका विद्यार्थीलाई गुणस्तरीय शैक्षिक पूर्वाधार उपलब्ध गराई दैलेख जिल्लामा गुणस्तरीय शिक्षाको लागि उपयुक्त वातावरण सिर्जना गर्न मद्दत गर्ने विश्वास लिइएको छ।

Metro Mart

सन् २००३ यता भारतले नेपालमा ५४४ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेको छ जसमध्ये ४८० वटा परियोजना सम्पन्न भइसकेका छन्। यी परियोजनाहरुमध्ये दैलेखका ४ वटा गरी कर्णाली प्रदेशमा १४ वटा परियोजना रहेका छन्। यसका अतिरिक्त भारत सरकारले भारतको स्वतन्त्रता र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा शैक्षिक संस्थालाई ९४० वटा एम्बुलेन्स र १८४ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरिसकेको छ। यी मध्ये दैलेख जिल्लालाई हालसम्म ६ वटा एम्बुलेन्स उपलब्ध गराइएको छ।

यस परियोजनाले भारतको नेपालसँगको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै शिक्षाको क्षेत्रमा पूर्वाधार सुदृढ गर्ने नेपाल सरकारको प्रयासमा थप बल प्रदान गरेको छ।

 

प्रकाशित: Jul 06, 2023| 18:30 बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्