बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • कोशी
  • सभामुखसहितको समर्थनमा उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

सभामुखसहितको समर्थनमा उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

 |  बिहीबार, असार २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २१, २०८०

काठमाडौं- कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त भएका छन्। प्रदेश प्रमुख पर्शुराम खापुङले कांग्रेस संसदीय दलका नेता थापालाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्।

National life

९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टीका एक गरी ४७ सांसदको समर्थन थापालाई छ।

नवनियुक्त मुख्यमन्त्री थापाले सानो आकारको मन्त्रीमण्डल गठन गरेर शपथ ग्रहण गर्ने र त्यसपछि विश्वासको मतका लागि थप प्रदेश सांसदको समर्थन जुटाउने प्रयास जारी राख्ने बताएका छन्। ‘विश्वासको मतका लागि राप्रपालाई सरकारमा सहभागी गराएर समर्थन जुटाउने प्रयास जारी रहन्छ,’ उनले भने, ‘राप्रपाको समर्थन प्राप्त नभएको अवस्थामा सभामुखको निर्णायक मतले पनि विश्वासको मत प्राप्त गर्छौं।’

एमाले र राप्रपाका सांसदहरुले भने सरकार गठनका लागि बहुमत सिद्ध गर्न गठबन्धन दलले सभामुख बाबुराम गौतमलाई गन्ती गर्न नमिल्ने बताएका छन्।

एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक मतको अभावमा विश्वासको मत नपाएपछि प्रदेश प्रमुख खापुङले आइतबार सरकार गठनका लागि दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिएका थिए।

Shivam cement

प्रकाशित: Jul 06, 2023| 17:37 बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्