बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • कोशी
  • कोशीमा कांग्रेस नेता थापाको नेतृत्वमा सरकार गठनका लागि दाबी पेस

कोशीमा कांग्रेस नेता थापाको नेतृत्वमा सरकार गठनका लागि दाबी पेस

 |  बिहीबार, असार २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २१, २०८०

काठमाडौं- कोशी प्रदेशमा गठबन्धन दलले कांग्रेस नेता उद्धव थापाको नेतृत्वमा नयाँ सरकार गठनका लागि बिहीबार दाबी पेस गरेका छन्। प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष आज दाबी पेस गरिएको हो।

National life

संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्थाबमोजिम सरकार गठनका लागि दाबी पेस भएको हो।

९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टीका एक गरी ४७ सांसद छन्। गठबन्धन दलका नेताहरुले आ–आफ्ना दलका प्रदेश सांसदको संख्या उल्लेख गरी हस्ताक्षर गरेर सरकार गठनका लागि दाबी पेस गरेका हुन्। सभामुख बाबुराम गौतमले समेत छुट्टै हस्ताक्षरसहित समर्थन गरेका छन्।  

प्रदेशसभामा एमालेका उपसभामुखसहित ४० र राप्रपाका ६ जना प्रदेश सांसद छन्।

कांग्रेस नेता थापाले प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेपछि सानो आकारको मन्त्रिमण्डल गठन गरेर शपथ ग्रहण गर्ने र त्यसपछि विश्वासको मतका लागि थप प्रदेश सांसदको समर्थन जुटाउने प्रयास जारी राख्ने बताएका छन्।

Shivam cement

एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक मतको अभावमा विश्वासको मत नपाएपछि प्रदेश प्रमुख खापुङले आइतबार सरकार गठनका लागि दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिएका थिए।

 

प्रकाशित: Jul 06, 2023| 17:05 बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्