आइतबार, वैशाख २७, २०८३

शिथिल कांग्रेसलाई दौडाउन जिल्ला सभापतिहरुको माग

नेतृत्वले सत्ता केन्द्रमा मात्रै ध्यान दिँदा पार्टी गतिविधि शिथिल भएकाले संगठनलाई चलायमान बनाउन कांग्रेस जिल्ला सभापतिको माग।
 |  बिहीबार, असार २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २१, २०८०

काठमाडौं–सत्ता वरपर रहेर पार्टीका गतिविधिमा सुस्ताएको सत्तारुढ कांग्रेसले आज मुख्यालय सानेपामा ७७ वटै जिल्ला सभापतिको बैठक बसालेर तन्किने प्रयास गरेको छ।

National life

सानेपा बैठकमा भौतिक रुपमा ६० जिल्ला सभापति र अन्य जुममार्फत सहभागी थिए। कांग्रेस जिल्ला सभापतिले नेतृत्वले सत्ता केन्द्रमा मात्रै ध्यान दिँदा पार्टी गतिविधि शिथिल भएकाले संगठनलाई चलायमान बनाउन आग्रह गरे। 

बैठकमा बोल्ने धेरैजसो सभापतिले कांग्रेसको सांगठनिक गतिविधिमा शिथिलता आउन थालेकाले चुस्त बनाउन पार्टी नेतृत्वको ध्यानाकर्षण गराए।पार्टीलाई पुनःसक्रिय बनाउन विशेष कार्यक्रम ल्याइनुपर्ने धारणा अधिकांशले व्यक्त गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए।

मन्त्री रहेका जिल्ला सभापतिले सरकारमा भोगिरहेको अप्ठेराबारे कुरा राखेका र नभएकाले कुनै समन्वय नगरिएको धारणा व्यक्त गरेको विश्वकर्माको भनाइ छ।

उनले भने, ‘मन्त्री रहेका पार्टी सभापतिले आफूलाई परेका अप्ठ्याबारे कुरा राख्नुभएको छ। मन्त्री नभएकाले सरकारसँगको समन्वय नभएको गुनासो राख्नुभयो। पार्टीका कार्यक्रम शिथिल भएका कुरा पनि उठे।’

दुई दिने जिल्ला सभापति बैठकमा क्रियाशील सदस्यता, नवीकरण र अभिलेखीकरणलगायत एजेन्डा समेटिएका छन्।

विधानबमोजिम गर्नुपर्ने विभिन्न तहका सम्मेलनका विषय र पार्टी सञ्चालन तथा व्यवस्थापनलगायत विविध सांगठनिक विषयलाई बैठकको एजेन्डामा घुसाइएको छ। महामन्त्री गगन थापाको निम्तोमा कांग्रेस जिल्ला सभापति सानेपा भेलामा जुटेका हुन्।

प्रकाशित: Jul 06, 2023| 16:45 बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्