आइतबार, वैशाख २७, २०८३

सरकारकी प्रवक्ताले भनिन्- प्रधानमन्त्रीले राजीनामा दिनुहुन्नँ

 |  बिहीबार, असार २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २१, २०८०

काठमाडौं- सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने प्रष्ट पारेकी छन्।

National life

मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उनले कुनै अमूक अभिव्यक्तिका कारण प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने बताएकी हुन्। प्रधानमन्त्रीले अन्यथा विषय नबोलेकाले यसमा विवाद गर्न नहुने उनको तर्क छ।

गत मंगलबार एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागिरहेको छ। एमालेले प्रमको राजीनामा माग्दै संघीय संसद्‍का दुवै सदन र प्रदेशसभाका बैठक पनि अवरुद्ध गरेको छ। 

गत मंगलबार प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा व्यवसायी प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउनका लागि पटक-पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए।

नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा दाहालले विवादास्पद अभिव्यक्ति दिएका थिए। ‘उहाँ (सिंह) ले एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो। धेरैचोटि दिल्ली जानु पनि भयो। काठमाडौंमा नेताहरू–साथीहरूसँग लगातार छलफल गर्नुभयो,’ दाहालको भनाइ थियो।

प्रधानमन्त्री, उनको सचिवालय र नेकपा माओवादी केन्द्रले भने प्रचण्डको भनाइको बचाउ गरेका छन्।

प्रकाशित: Jul 06, 2023| 16:43 बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्