सोमबार, वैशाख २८, २०८३

नेपालका सत्तारुढ माओवादी नेताहरुलाई दिल्ली बोलाउँदै भाजपा

दिल्लीस्थित भाजपा मुख्यालयमा आयोजित कार्यक्रममा सहभागी अध्यक्ष जेपी नड्डाले नेपालका माओवादी केन्द्रका शीर्ष नेताहरूलाई भारत भ्रमणमा बोलाइन लागेको बताएका हुन्। 
 |  बिहीबार, असार २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २१, २०८०

काठमाडौं– भारतीय संस्थापनप्रति नतमस्तक नेपालका सत्तारुढ नेकपा माओवादी केन्द्रका नेताहरुलाई त्यहाँको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले भारत भ्रमणमा निम्त्याउने भएको छ।

National life

दिल्लीस्थित भाजपा मुख्यालयमा आयोजित कार्यक्रममा सहभागी अध्यक्ष जेपी नड्डाले नेपालका माओवादी केन्द्रका शीर्ष नेताहरूलाई भारत भ्रमणमा बोलाइन लागेको बताएका हुन्।

पार्टीको विदेश विभागद्वारा आयोजित कार्यक्रममा अध्यक्ष नड्डाले  भाजपाको निम्तोमा छिट्टै नेपालका सत्तारुढ माओवादी केन्द्रका शीर्ष नेतासहितको टोली भारत भ्रमणमा आउने भएको जानकारी दिए। 

उनले भनेका छन्, ‘सम्बन्ध बढाउने उद्देश्यका साथ हामीले विभिन्न देशका राजनीतिक दलका प्रतिनिधिलाई भारतमा बोलाउने गरेका छौं। हामी पनि विभिन्न देश जाने गरेका छौं।’

भाजपाले कांग्रेसका हालका अर्थमन्त्री प्रकाशरण महत, अजय चौरसिया र उदयशमशेर जबरालाई दिल्लीसहित युपीको लखनउ र बनारस भ्रमण गराइसकेको छ। 

सोमबार मात्रै प्रधानमन्त्री हुन दिल्ली जानुपर्ने आशय व्यक्त गरेर विवादमा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बोली ताजै रहेका बेला सत्तारुढ भाजपाले नेकपा माओवादीका शीर्ष नेतालाई भारत भ्रमणमा निम्तो गर्नुलाई अनौठो मानिएको छ।

प्रकाशित: Jul 06, 2023| 15:53 बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्