सोमबार, वैशाख २८, २०८३

प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोजियोः माओवादी

 |  बिहीबार, असार २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २१, २०८०

काठमाडौं- नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दलबाट गरिएको भ्रामक, आपत्तिजनक, प्रचारबाजीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

National life

लोकतन्त्रको अभ्यास गर्ने थलो संसद्समेत अवरोध गरिएकोप्रति पार्टीले आपत्ति जनाएको छ। पार्टी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले आज जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोज्नु प्रमुख प्रतिपक्षको गलत चाहना पूरा गर्ने अभिष्टताबाहेक केही नभएको बताएका छन्।

जनयुद्धबाट शान्ति प्रक्रियासँगै सरदार प्रितम सिंह र प्रधानमन्त्री प्रचण्डका बीचमा औपचारिक मात्र होइन, भावनात्मक रुपमा समेत प्रगाढ सम्बन्ध रहँदै आएको तथ्य सार्वजनिक भइसकेको उपाध्यक्ष महराले स्पष्ट पारेका छन्। सोही पृष्ठभूमिमा सरदार सिंहबाट आफूलाई प्रधानमन्त्रीका रुपमा देख्न चाहेको र त्यसको लागि उनले सक्दो योगदान गरेको यथार्थता प्रकट गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रवक्ता महराले विज्ञप्तिमा भनेका छन्, 'मध्यरातमा ‘रअ’ प्रमुखसँग बालुवाटारमा भेटेर पटक-पटक संसद् विघटन गर्ने, जनताका मुद्दामा कानुन बनाउन खोज्दा संसद् अवरोध गर्ने, भ्रष्टाचारीको छानविन र फाइल खोल्दा गैरजिम्मेवार बन्ने जस्ता पात्र र प्रवृत्तिले गर्दा प्राप्त राजनीतिक उपलब्धिमाथि प्रहार भइरहेको तथ्य नेपाली जनताले बुझिसकेका छन्', विज्ञप्तिमा भनिएको छ। पानी धमिल्याएर माछा मार्न खोज्ने’ प्रवृत्ति फेरि पनि ‘के निउँ पाऊँ, कनिका बुकाऊँ’ भने जस्तै भ्रामक र दुराशययुक्त प्रचारबाजीमा उत्रिएर गरिएका हर्कतप्रति माओवादीले भर्त्सना गरेको छ। राष्ट्रियता, गणतन्त्र र जनजीविकाका पक्षमा दृढतापूर्वक उभिन पार्टीपङ्क्ति र जनसमुदायमा प्रवक्ता महराले आग्रह गरेका छन्।

 

प्रकाशित: Jul 06, 2023| 15:22 बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्