सोमबार, वैशाख २८, २०८३

एमाले अवरोधपछि राष्ट्रिय सभा बैठक शुक्रबारलाई सारियो

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिबारे जवाफ माग्दै एमाले सांसदले अवरोध गरेपछि राष्ट्रिय सभा बैठक शुक्रबार बस्ने गरी स्थगन भएको हो।
 |  बिहीबार, असार २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २१, २०८०

काठमाडौं– राष्ट्रिय सभामा एमाले सांसदले अवरोध गरेपछि आजको बैठक स्थगित भएको छ। बैठक सुरु हुनासाथ राष्ट्रिय सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दलका सांसद भैरवसुन्दर श्रेष्ठलाई बोल्न अनुमति दिएका थिए। 

National life

सांसद श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्न भारत जानुपर्नेबारे अभिव्यक्ति राष्ट्रिय हितविपरीत रहेको आरोप लगाए। उनले प्रधानमन्त्रीको भनाइ गलत भएको तर्क गर्दै त्यसविरुद्ध विरोध गर्ने आफ्नो संसदीय दलको निर्णय भएको उनको भनाइ छ।

सभाध्यक्ष तिमिल्सिनाले पटक–पटक एमाले सांसदलाई बस्न आग्रह गरे पनि उभिएर विरोध जनाइरहेपछि बैठक स्थगित गर्नुपरेको हो।

सभाध्यक्ष तिमिल्सिनाले प्रचण्डलाई बोलाएर उनको धारणा सुन्ने वातावरण बनाउने र बजेटको संवेदनशीलतालाई ध्यानमा राखेर बैठक सञ्चालनका लागि आग्रह गरेका थिए। राष्ट्रिय सभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयक, २०८०’ सभा समक्ष पेस गर्ने कार्यसूची छ।

त्यस्तै, विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमध्ये अर्थ, श्रम रोजगार तथा सामाजिक सुरक्षा, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमाथि छलफल हुने कार्यसूची तय गरिएको छ। राष्ट्रिय सभाको अर्को बैठक २२ असार शुक्रबार १२.२९ बजे बस्नेछ।

प्रकाशित: Jul 06, 2023| 15:09 बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्