काठमाडौं महानगरपालिका-३ पानीपोखरीस्थित सडकमा बा.८२ प १२२५ नम्बरको मोटरसाइकललाई बा.५ ख ३१९३ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही महानगरपालिका-४ चुनदेवी गणेशबस्ती घर भएकी ६० वर्षीया रचना गौचनको बुधबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल महाराजगञ्ज हुँदै ग्राण्डी अस्पताल टोखामा थप उपचारको क्रममा मृत्यु भएको हो। दुबै सवारी साधनको चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रुपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-४ सानो महुवारीस्थित सडकमा लु.७३ प ८९४१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय बडखरी यादवको बुधबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको भारतको कक्रहवामा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मृत फेला
डोल्पा, शे-फोक्सुण्डो गाउँपालिका-८ डेकुथाङ भन्ने स्थानमा हाल नाम, थर, वतन नखुलेका पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन्।
रुपन्देही, बुटवल उपमहानगरपालिका-६ पुरानो बसपार्कस्थित प्रतिक्षालयमा गुल्मी धुर्कोट गाउँपालिका-३ घर भई बुटवलमा कवाड संकलन गरी हिड्ने ५५ वर्षीय कृष्ण गौतम बुधबार मृत अवस्थामा फेला परेका छन्।
रामेछाप, दोरम्बा शैलुङ गाउँपालिका-३ टोकरपुर बस्ने ४१ वर्षीय गणेश पाठक सोही गाउँपालिका-५ सल्लेनी भिरमा बुधबार मृत अवस्थामा फेला परेका छन्। गत शनिबार बिहान घरबाट खेतमा पानी लगाउन जान्छु भनि हिँडेका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो।
करेन्ट लागेर मृत्यु
दाङ, राप्ती नगरपालिका-११ कोरैचापानि बस्ने क्षेत्र बहादुर मोक्तानको छोरा १२ वर्षीय राहुल मोक्तानको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ।
सोही नगरपालिका-११ थाकलटारस्थित घट्टबाट घर जाने क्रममा विद्युतको भुईमा लत्रिएको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको बताइएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
डुबेर मृत्यु
दाङ, राप्ती गाउँपालिका-६ मझेरिया बस्ने ६० वर्षीय कालि प्रसाद चौधरीको सोही ठाउँस्थित सोनपुर कुलोमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ। कुलो तर्ने क्रममा उक्त कुलोले बगाएका उनको लमही नगरपालिका-२ सोनपुरमा शव फेला परेको हो।
कैलाली, कैलारी गाउँपालिका-७ स्थित कटैनी खोलामा डुबेर सोही ठाउँ बस्ने ३८ वर्षीय गणेश चौधरीको बुधबार दिउँसो मृत्यु भएको छ।