सोमबार, वैशाख २८, २०८३

सर्वोच्चका प्रधानन्यायाधीश कार्कीले त्यागे इजलास

उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका कार्की एक महिनाअघिबाटै इजलासमा बस्न छाडेका हुन्। 
 |  बिहीबार, असार २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २१, २०८०

काठमाडौं– सर्वोच्च अदालतका डेढ महिने प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले मुद्दा सुनुवाइ छाडेका छन्। उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका कार्की एक महिनाअघिबाटै इजलासमा बस्न छाडेका हुन्।

National life

प्रधानन्यायाधीश अवकाश हुनु महिना दिनअघि इजलासमा नबस्ने र आफूले सुनुवाइ गरेका मुद्दाको फैसला लेख्ने प्रचलन छ। सोहीअनुसार अब प्रधानन्यायाधीश कार्कीले कुनै पनि मुद्दाको सुनवाइ गर्ने छैनन्। कार्की बुधबारदेखि इजलासमा नबसकेका हुन्। 

कार्की संसदीय सुनुवाइ विशेष समितिले सर्वसम्मत नाम अनुमोदन गरेपछि कार्की १ असारमा सर्वोच्चको प्रधानन्यायाधीशमा नियुक्त भएका थिए। 

कार्कीलाई न्याय परिषद् सचिवालयले  १९ साउनमा ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जानुपर्ने बेहोरासहितको पत्र २८ जेठमा पठाएको थियो। कार्की १७ साउन २०७३ मा सर्वोच्चमा न्यायाधीश नियुक्त भएका थिए।

प्रकाशित: Jul 06, 2023| 13:56 बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्