बिहीबार, असार ४, २०८३

गुडिरहेको बसमा करेन्ट लागेपछि दुई जनाको मृत्यु

सल्यानबाट रोल्पा जाँदै गरेको बसमा विद्युत् पोललाई अड्याउन राखिएको तारबाट करेन्ट प्रवाह भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान। 
 |  बिहीबार, असार २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २१, २०८०

काठमाडौं– सल्यानको कपुरकोट गाउँपालिका–३ स्थित चोरखोला नजिक गुडिरहेको रा१ख ८३४ नम्बरको बसमा करेन्ट लाग्दा बसमा सवार दुई यात्रुले ज्यान गुमाएका छन्।

National life

आज बिहान साढे १० बजे गुडिरहेको बसमा एक्कासि करेन्ट प्रवाह हुँदा दुई जनाको मृत्यु सल्यान प्रहरीले बताएको हो। मृत्यु हुनेमा रोल्पाको गंगादेव गाउँपालिका ४ का ७० वर्षीय बालाराम डाँगी र उनका ४० वर्षीय छोरा टोपलाल डाँगी रहेका छन्।

करेन्ट लाग्दा बसका साहू छत्रेश्वरी गाउँपालिका–६ सल्यानका ३३ वर्षीय महेन्द्र वली गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दामोदर केसीले बताए। 

सल्यानबाट रोल्पाका लागि छुटेको उक्त बसमा विद्युत् पोललाई अड्याउन राखिएको तारबाट करेन्ट प्रवाह भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

प्रकाशित: Jul 06, 2023| 12:44 बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्