बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीलाई पुनः सोधियो स्पष्टीकरण

उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीलाई पुनः सोधियो स्पष्टीकरण

यसअघि मन्त्री किराँतीले गत ११ असारमा ९ बुँदे प्रश्नसहितको सातदिने समय राखेर पहिलो स्पष्टीकरण सोधे पनि जवाफ नदिएपछि पुनः दोस्रो स्पष्टीकरण सोधिएको हो।
 |  बिहीबार, असार २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २१, २०८०

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पुनः स्पष्टीकरण सोधेका छन्।

National life

अधिकारीले मन्त्री किराँतीले सोधेको पहिलो स्पष्टीकरणको जवाफ नदिएपछि ‘के कति कारणले जवाफ नदिएको हो’ भन्ने बेहोरासहितको  दोस्रो स्पष्टीकरण सोधिएको हो।

पर्यटन मन्त्रालयका अनुसार बुधबारको मन्त्रीस्तरीय निर्णयबाट दोस्रो स्पष्टीकरण सोधिएको हो। तीनदिने समय राखेर स्पष्टीकरण सोधिएको छ। यसअघि मन्त्री किराँतीले गत ११ असारमा ९ बुँदे प्रश्नसहितको सातदिने समय राखेर पहिलो स्पष्टीकरण सोधेका थिए। तर अधिकारीले मन्त्री किराँतीको रुचिअनुसार काम नगरेपछि आफूलाई स्पष्टीकरण सोधेको दाबी गरेका छन्। 

उनले मन्त्री किराँतीले आफूलाई नियुक्त नगरेकाले मन्त्रिपरिषद्बाट निर्णय भए मात्र स्पष्टीकरणको जवाफ दिने बताएका छन्। दोस्रोपल्ट सोधिएको स्पष्टीकरणको जवाफ तीन दिनभित्र नदिए अधिकारीलाई निलम्बन गर्ने तयारीमा मन्त्री किराँती रहेको बुझिएको छ। 

तीन दिन समय राखेर सोधिएको स्पष्टीकरणको पनि जवाफ नदिए कानुनअनुसार प्रक्रिया अगाडि बढाएर अधिकारीलाई निलम्बन गर्ने तयारी मन्त्रालयले गरेको छ। अधिकारीले नटेरेपछि मन्त्री किराँतीले मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग यसबारे छलफल गरेको बताइन्छ।

Shivam cement

प्रधानमन्त्री प्रचण्डले हरियो बत्ती देखाएपछि अधिकारीलाई निलम्बन गर्ने निष्कर्षमा मन्त्री किराँती पुगेको बताइन्छ। सरकारले २१ मघ २०७८ मा अधिकारीलाई प्राधिकरणको महानिर्देशक नियुक्त गरेको थियो।

प्रकाशित: Jul 06, 2023| 12:30 बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्