NadaNada
सोमबार, भदौ २, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिबारे प्रतिपक्षीले प्रश्न उठाउनु स्वाभाविकः कांग्रेस महामन्त्री शर्मा

प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिबारे प्रतिपक्षीले प्रश्न उठाउनु स्वाभाविकः कांग्रेस महामन्त्री शर्मा

हलुका अभिव्यक्तिको गम्भीर अर्थ र असर हुन सक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्री प्रचण्डको गल्ती भएको महामन्त्री शर्माको धारणा।
 |  बिहीबार, असार २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार २१, २०८०

vianetvianet

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट व्यक्त नेपालको प्रधानमन्त्री बन्न दिल्ली जानुपर्ने अभिव्यक्तिले विवाद सिर्जना गरेको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन्। प्रधानमन्त्री प्रचण्डले गलत अभिव्यक्ति दिएको उनको धारणा छ। हलुका अभिव्यक्तिको गम्भीर अर्थ र असर हुन सक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्री प्रचण्डको गल्ती भएको महामन्त्री शर्माले बताए।

आज सामाजिक सञ्जालमा ट्वीट गर्दै उनले भनेका छन्, ‘नेपालको प्रधानमन्त्री नेपालको संसद्ले चयन गर्दछ र गर्ने हो। मित्रराष्ट्रलाई मित्रताकै सीमामा राख्ने कर्तव्य मूलतः प्रधानमन्त्रीकै हो।’ यस विषयमा प्रमुख प्रतिपक्षी एमालेसहितका अन्य दलहरूले प्रश्न उठाउनु स्वाभाविक भएको शर्माले बताए। ‘प्रश्न हामी नै उठाइरहेका छौं। प्रतिपक्षको त मूल कर्तव्य नै हो,’ उनले भनेका छन्, ‘आलोच्य अभिव्यक्तिको आलोचना जरुरी छ।’

प्रधानमन्त्री प्रचण्डले गत सोमबार आफूलाई प्रधानमन्त्री बनाउन पुस्तकका लेखक सरदार प्रितम सिंह दिल्ली पुगेको अभिव्यक्ति दिएपछि उनको राजीनामा माग्दै बुधबार प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक अवरुद्ध भएका थिए। एमालेलगायत प्रतिपक्षी दलले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्दै संसद् अवरुद्ध गरेपछि शुक्रबारसम्मलाई सारिएको छ भने राष्ट्रिय सभाको बैठक आज बस्ने कार्यसूची छ।

यसअघि बुधबार मात्रै कांग्रेस महामन्त्री शर्माले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति आलोचनायोग्य रहेको टिप्पणी गरेका थिए। उनले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको प्रस्ट रुपमा विमति रहेको बताएका थिए।

प्रधानमन्त्रीको अभिव्यक्तिको विषयलाई लिएर विपक्षी दलहरूले बुधबार संघीय संसद्का दुवै सदन अवरुद्ध पारेपछि संसद् भवनबाट बाहिरिने क्रममा महामन्त्री शर्माले प्रधानमन्त्री प्रचण्डको  अभिव्यक्ति आलोचनायोग्य भएको दाबी गरेका थिए।

Metro Mart

उनले भनेका थिए, ‘प्रधानमन्त्रीले हिजो जे बोल्नुभयो, म सत्ता पक्षको एउटा सांसद भए पनि त्यसमा समर्थन जनाउनुपर्छ भन्ने हुँदैन। उहाँले दिएको अभिव्यक्ति आलोचनायोग्य छ। उहाँले गलत बोल्नुभएको छ। त्यसमा मेरो प्रस्ट रुपमा विमति नै छ।’

प्रकाशित: Jul 06, 2023| 11:26 बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्