NadaNada
सोमबार, भदौ २, २०८२

समाचार टिप्पणी

फन्डामा चल्ने देश र स्वार्थी एमाले

धेरै भएको छैन मुर्रा राँगाको फन्डाले संसद्‍मा हंगामा भएको। अहिले फेरि अर्को फन्डा ल्याइदिएका छन् प्रधानमन्त्री प्रचण्डले।
 |  बिहीबार, असार २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार २१, २०८०

vianetvianet

काठमाडौं- अक्सर फन्डामा चल्छ हाम्रो देश। एउटा सेलाउन नपाउँदै अर्को फन्डा आइहाल्छ अथवा ल्याइन्छ। फन्डा चिया-चौतारी र सामाजिक सञ्जालमा मात्र सीमित रहँदैन, फन्डाले नै जनप्रतिनिधिको सर्वोच्च संस्था संसद् अवरुद्ध हुन्छ, जनसरोकारका विषय छायामा पर्छन्, महत्वपूर्ण विधेयक तुहिन्छन्। नीति निर्माणका लागि जनताले चुनेर पठाएका सांसदहरु 'फन्टुस' कुरामा बहस गरेर समय खेर फाल्छन्।

धेरै भएको छैन मुर्रा राँगाको फन्डाले संसद्‍मा हंगामा भएको। अहिले फेरि अर्को फन्डा ल्याइदिएका छन् प्रधानमन्त्री प्रचण्डले। अहिले फेरि अर्को फन्डा ल्याइदिएका छन् प्रधानमन्त्री प्रचण्डले। अस्ति मंगलबार एउटा कार्यक्रममा उनले बोलेको भिडियो क्लिप्सलाई लिएर संसद्‍को दुवै सदन हिजो चल्न सकेनन्। प्रधानमन्त्रीको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुवै सदनमा नियमित कारबाही अघि बढ्न दिएन। एमालेले संसदीय दलको बैठक नै राखेर सदन चल्न नदिने निर्णय गरेको थियो। एमालेलाई अरु दुई विपक्षी दल रास्वपा र राप्रपाले पनि साथ दिए।

बैठक अवरुद्ध गर्नुअघि बोलेका एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डलाई लेन्डुप दोर्जेको नेपाली संकरणको उपमा दिए। ‘आज बादल लागेको छ। तर अहिले मौसममात्रै उदास छैन, नेपालीहरूको मनमा पनि बादल लागेको छ। सम्माननीय प्रधानमन्त्री पनि नभनुँ कि जस्तो लाग्छ। नेपालको प्रधानमन्त्री बनाउन नेपालतिर जाने कि दिल्लीतिर जाने? हामीलाई स्वाभिमानी प्रधानमन्त्री चाहिएको हो। लेन्डुप दोर्जेको नेपाली संस्करण चाहिएको होइन,' पन्तले भने। त्यसपछि सदनको नियमित कारबाही अघि बढ्न सकेन।

फलस्वरुप मिटरब्याजविरुद्धको अध्यादेश निष्क्रिय भएको छ। सरकारले वैशाख २० गते मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याएको थियो। अध्यादेश आएको हिजो ६० दिन पुग्दै थियो। सदनबाट अध्यादेशले विधेयकको मान्यता पाउन नसकेपछि स्वतः निष्क्रिय भएको हो। 
यो विधेयक बुधबारको प्रतिनिधिसभा बैठकबाट पास गरेर राष्ट्रियसभामा पठाउनुपर्ने थियो। त्यसपछि मात्र राष्ट्रपतिबाट प्रमाणीकरण हुने र कानुनको रूप लिने संवैधानिक प्रक्रिया छ। 

raghuji_panta1679822268.jpg
भएको के हो ?
यही असार १८ गते प्रितम सिंहबारेको पुस्तक विमोचन कार्यक्रममा प्रमुख अतिथि थिए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड। प्रितमकी छोरी किरण दीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली’विमोचन कार्यक्रममा प्रचण्डले 'आफूलाई प्रधानमन्त्री बनाउन सिंह धेरैचोटि दिल्ली गएको' आशयको धारणा राखे। त्यो भिडियो क्लिप सामाजिक सञ्जाल र मिडियामा भाइरल हुन पुग्यो। सिंह तिनै व्यक्ति हुन् जसले नेपालमा पहिलोपल्ट काठमाडौं उपत्यकामा ट्रक भित्र्याएका थिए। नेपालको सार्वजनिक यातायात सञ्चालनलाई व्यवस्थित गराउन उनको निकै योगदान छ।

Metro Mart

कार्यक्रममा प्रचण्डले भनेका छन्, ‘उहाँ (प्रितम) राजनीतिमा पनि रुचि राख्नुहुन्छ। उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो। धेरैचोटि दिल्ली पनि जानुभयो। काठमाडौंका पार्टी र नेताहरूसँग पनि लगातार छलफल गर्नुभयो। राजनीति सफा भए मात्रै देश पनि विकास हुन्छ भन्ठान्नुहुन्छ।’तेस्रो पटक प्रधानमन्त्री भएका प्रचण्डले उनलाई प्रधानमन्त्री बनाउन कुन बेला सिंहले मेहनत गरेका हुन् भन्नेचाहिँ खुलाएनन्।

आफ्नो भनाइको आलोचना भएपछि प्रचण्डले भोलिपल्ट बुधबार अर्को एक कार्यक्रममा त्यसको खण्डन गरेका छन्। अखिल क्रान्तीकारीले आयोजना गरेको स्ववियू काउन्सिलको भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, 'मैले भनें- उहाँ सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै होइन, राजनीतिमा पनि उहाँले चासो राख्नुहुन्छ। उहाँले मलाई प्रधानमन्त्री बनाउन कहिले कहाँ पुग्नुहुन्छ कहिले कहाँ पुग्नुहुन्छ। कहिले दिल्ली कहिले नेपालका पार्टीहरुसँग लाग्नुहुन्थ्यो उहाँ भनेर उहाँको बारेमा भनेको कुरालाई उचालेर फेरि एकचोटि बबन्डर गर्न खोजिएको छ।’ उनले यो पनि यसअघि आफूमाथि गर्दै आएका हमलाहरु जस्तै रहेकोले अन्त्य हुने बताए। प्रचण्डले भने, ‘मलाई लाग्छ त्यो बेलुन पनि छिट्टै फुट्ने वाला नै छ। त्यसले केही दिनेवाला छैन।’

roads to the valley1688452603.jpgजसका बारेमा प्रचण्डले बोलेका हुन्, उनै प्रितम सिंहले पनि यसबारे प्रष्ट पारेका छन्। पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले प्रचण्डका लागि गुरुद्वारामा प्रार्थना गरेको बताएका छन्। 'कुपण्डोलको गुरुद्वारामा हाम्रो एउटा ठूलो पर्व थियो। त्यहाँ प्रचण्डलाई पनि बोलाइएको थियो। उहाँ त्यतिखेर प्रधानमन्त्री हुनुहुन्थेन। भारतबाट पनि गुरुजी आउनुभएको थियो। मैले गुरुजीलाई भनें- प्रचण्डजीलाई प्रधानमन्त्री हुने आशीर्वाद दिनुहोस्। गुरुजीको आशीर्वाद र उहाँको आफ्नै भाग्य र कर्मले प्रधानमन्त्री पनि भइहाल्नुभो। यो अहिलेको कुरा पनि होइन, १५ वर्षअघिको कुरा हो। मैले प्रचण्डलाई नभेटेकै पाँच वर्ष हुन लागिसक्यो,' सिंहले भनेका छन्।

प्रचण्डकी छोरी बिरामी हुँदा उनी दिल्लीस्थित आफ्नो फ्ल्याटमा आएको प्रसंग पनि सिंहले सुनाएका छन्। प्रचण्डले पनि सिंहको पुस्तक विमोचन कार्यक्रममा यो कुरा भनेका छन्। शान्ति प्रक्रिया सुरु भएपछि पम्फा भूसालसँग सिंहको सम्पर्क भएको र आफूले त्यसै बेला सिंहलाई चिन्न पाएको प्रचण्डले सम्झिएका छन्। ‘हामीले एक अर्कालाई चिन्ने बुझ्ने मौका पायौं, मेरो ठूली छोरीलाई क्यान्सर हुँदा उहाँले निकै ठूलो सहयोग गर्नुभएको छ, मेरो परिवार नै उहाँप्रति नतमस्तक छ,' उनले कृतज्ञता व्यक्त गर्दै भनेका छन्। प्रचण्ड पुत्री ज्ञानुको निधन भएको १० वर्ष भइसकेको छ।

सत्तामा पुग्ने एमालेको च्याँखे दाउ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गर्दै २०७९ पुस १० गते सत्ता यात्रा सुरु गरेको नेकपा एमाले २०८० असार १५ गते पूर्ण रुपमा सत्ताविहीन हुन पुग्यो। केन्द्र सत्ताबाट गत फागुन १५ गते बाहिरिएको एमाले पछिल्लो पटक कोशी प्रदेशबाट पनि बाहिरिन पुगेको छ। एमालेले यसअघि मधेस सरकारमा 'ढोक्सा' थापेर कोसी प्रदेशको सरकार जोगाउने रणनीति अपनाएको थियो तर, त्यहाँ पनि हात खाली हुन पुगेको छ।

पुस १० गते बनेको केन्द्रीय सरकारमा उपप्रधानसहित आठ मन्त्री पाएको एमालेले कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको मुख्यमन्त्री पाएको थियो। अन्य प्रदेशमा पनि राम्रै संख्यामा मन्त्री पाएको थियो। तर राष्ट्रपति निर्वाचनमा गठबन्धन भत्किएपछि फागुन १५ मा एमाले केन्द्रीय सरकारबाट बाहिरियो। केन्द्रीय गठबन्धन फेरिएपछि प्रदेशहरुमा पनि एमालेले नेतृत्व गुमाउन पुगेको थियो।

दोस्रो ठूलो पार्टी भएर पनि सत्ता विमुख हुनुपरेको एमाले रनाहामा छ। संसद्‍मा जम्मा ३२ सिट भएको पार्टीले सरकारको नेतृत्व गरिरहेको एमालेलाई चित्त बुझिरहेको छैन। त्यसैले उ सत्तामा जान अनेक बखेडा झिकिरहेको छ, फन्डा ल्याइरहेको छ। कांग्रेससँग नजिकिएर सत्तामा फर्किने विभिन्‍न रणनीतिहरु अपनाइरहेको छ अहिले एमाले। सत्तामा उक्लिनका लागि 'च्याँखे दाउ' थापिरहेको छ।

विपक्षी पार्टीका शीर्ष नेताहरुविरुद्ध आगो ओकल्ने एमाले अध्यक्ष केपी ओली आजभोलि कांग्रेस सभापति शेरबहादुर देउवाको आलोचना गर्दैनन्, जबकि देउवा प्रमुख सत्ता साझेदार दलको सभापति हुन्। सरकारको नेतृत्व माओवादीले गरे पनि कांग्रेसले अर्थ, परराष्ट्रलगायत महत्वपूर्ण मन्त्रालय लिएको छ। ओली भने सरकारको आलोचना गर्दा ‌ओली प्रचण्डको गर्छन्, देउवाको गर्दैनन्। 

oli1684653055.jpgप्रचण्ड नेतृत्वको सरकारले जनभावना अनुसार काम गर्न नसकेको भन्दै चर्को विरोध गरिरहेको एमालेले कांग्रेससँग सहकार्य गरेर अघि बढ्नुपर्ने प्रस्ताव गरिसकेको छ। केन्द्रका साथै सातै प्रदेशबाट बाहिरिएको एमाले जसरी पनि कांग्रेससँग सहकार्य गरेर माओवादीलाई बाहिर राख्‍न चाहन्छ।

तर देउवाले यसमा ग्रिन सिग्नल दिएका छैनन्। ओलीले गत पुस १० गते 'धोका दिएको' भन्दै देउवाले थप संवाद गर्न नचाहेको बताइएको छ। पुस १० गते देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने र आफू बालुवाटार आउने बचन दिएका एमाले अध्यक्ष ओलीले प्रचण्डलाई समर्थन गरेपछि देउवाले आफूलाई 'धोका भएको' बताएका थिए।

संसद् अवरोधको श्रृंखला
संसद्‍सँग एमालेको साइनो हेर्ने हो ३६ को आकडा देखिन्छ। संसद् अवरोधमा एमालेजति अगाडि कुनै दल छैन। यसको लामो श्रृंखला छ। संसद्‍लाई एमालेले जहिले पनि आफ्नो स्वार्थमा प्रयोग/दुरुपयोग गर्ने गरेको छ। तत्कालीन प्रधानमन्त्री केपी ओलीले २०७८ सालमा दुई–दुईपल्ट संसद् विघटन नै गरेका थिए। तर सर्वोच्च अदालतले उनको निर्णय खारेज गरिदियो। 

२०४८ सालमा प्रशासनलाई चुस्त बनाउन कोइराला सरकारले सार्वजनिक कर्मचारी प्रशासन सुधार आयोग गठन गरेर उसले दिएको रिपोर्टका आधारमा केही कर्मचारीलाई बिदा गरेको थियो।

एमालेले निजामती कर्मचारी संगठनका नाममा त्यतिबेला संसद्लाई अवरोध गरिरह्यो। अवकाशमा गएका कर्मचारी पछि सर्वोच्च अदालतको आदेशबाट कोही पुनर्वहाली भए, कसैले आफूखुसी राजीनामा दिएर सरकारलाई सघाए। कर्मचारी संगठनको नाम लिएर त्यतिबेला पनि एमाले संसद् र उसका भ्रातृ संगठनहरूले रत्नपार्कका फलामे रेलिङलाई निशाना बनाए। पछि सभामुख दमननाथ ढुंगानाको पहलमा संसद् सुचारु भएको थियो।

२०४८ पछिका संसद्‍मा पनि अवरोध, नाराबाजी वहिष्कार निरन्तर रहे। टनकपुर, दासढुंगा प्रकरणलगायतमा प्रतिनिधिसभामा अवरोध र वहिष्कार भए। यसको नेतृत्व एमालेले लिइरह्यो। २०४८/२०५१ को अवधिमा प्रतिनिधिसभामा टनकपुर विवादमा एमालेले सदनमा ८ घन्टासम्म नाराबाजी नै गरेको थियो। एमालेले नै ६५ दिनभन्दा बढी सदन अवरोध गरेको रेकर्ड पनि छ।

संसद्‍सँग एमालेको साइनो हेर्ने हो ३६ को आकडा देखिन्छ। संसद् अवरोधमा एमालेजति अगाडि कुनै दल छैन। यसको लामो श्रृंखला छ।

२०५१ म संसद् अवरोधमा कीर्तिमान बनाएको एमालेले २८ वर्षपछि पनि गणतन्त्र बनेको संसदीय अभ्यासमा अवरोध गर्यो। त्यो पनि करिब ९ महिना। एमालेले करिब ९ महिना लामो प्रतिनिधिसभा अवरोध गरेर ३ जेठ २०७९ संसद् बैठक बसेको थियो। एमालेले त्यतिबेला भदौदेखि जेठसम्म निरन्तर संसद् अवरोध गरेको थियो।

दुई–दुई पटक प्रतिनिधिसभा विघटन गरेका एमाले अध्यक्ष केपी ओलीले १ भदौ २०७८ मा माधवकुमार नेपालसहितका १४ सांसदलाई कारबाही गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटालाई दिएका थिए। तर ओलीले पठाएको पत्राचार सभामुखले रोकेको र कार्यान्वयन नगरेको भन्दै एमालेले लामो समय संसद् अवरुद्ध गरेको थियो।

२३ भदौ २०७८ देखि सुरु भएको नवौं अधिवेशनदेखि एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेको थियो। नवौं र दसौं अधिवेशनका सबै बैठक एमालेले चल्न दिएको थिएन। नवौं अधिवेशनका १३औं र १०औं अधिवेशनका ११ बैठकमा एमालेले अवरोध गरेको संसद् सचिवालयको विवरणमा उल्लेख छ।

११औं अधिवेशन सुरु हुनासाथ आकस्मिक रुपमा कुनै पनि राजनीतिक समझदारीबिनै एमालेले एकाएक संसद् अवरोध अन्त्य गर्यो। त्यसो गर्नुको कारणचाहिँ गत वर्ष ५ मंसिरमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको परिणाम थियो। एमालेले कारबाही मागेको दललाई जनताले चुनावमार्फत जवाफ दिएकाले सदन अवरोध नगरिएको उसको तर्क थियो। एमालेबाट बाहिरिएर नेकपा एस बनाएका नेता माधवकुमार नेपालको पार्टी चुनावमा राष्ट्रिय दल बन्न सकेन। एमालेले त्यसलाई नै कारण बनाएर संसद् अवरोध हटाएको थियो।

गत १० पुसको बालकोट समीकरण बदलिएर प्रतिपक्षमा पुगेपछि पनि पछिल्लो सदनमा एमालेले वहिष्कार र अवरोध जारी राख्यो। बजेट अधिवेशनकै बेला नेकपा माओवादीका सांसदले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला आराध्यदेव पशुपतिनाथमा चढाएको सुनको जलहरी नक्कली रहेको बताएपछि सदन अवरुद्ध गरेको थियो। पछि माओवादी सांसदको रेकर्ड सदनबाट हटाइएपछि एमालेले संसद् अवरोध खुलाएको थियो। 

भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक पूर्वी सीमा नजिक पर्ने बंगलादेश छुने भारतसँग साट्न सकिने विषयलाई लिएर पनि एमालेले सदनमा अवरोध गर्यो। त्यसपछि मुर्रा राँगा प्रकरणले तातेको संसद् अहिले प्रचण्डको एउटा अभिव्यक्तिका कारण चल्न सकिरहेको छैन। 

प्रकाशित: Jul 06, 2023| 11:25 बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्