NadaNada
सोमबार, भदौ २, २०८२

कोशीमा सरकार गठन गर्न दिइएको समयसीमा आज सकिँदै

 |  बिहीबार, असार २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार २१, २०८०

vianetvianet

काठमाडौं- कोशी प्रदेशमा सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको समय आज सकिँदैछ। विश्वासको मत नपाएर एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिएका थिए। 

९३ सदस्यीय कोशी प्रदेशमा बहुमतका लागि ४७ प्रदेश सांसदको आवश्यकता पर्दछ। कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनले सभामुखसहित ४७ प्रदेश सांसदको समर्थनमा सरकारमा दाबी पेस गर्ने तयारी गरेको छ।

तर, एमाले र राप्रपाले भने सरकार गठनको दाबी पेस गर्दा सभामुखले हस्ताक्षर गर्न नपाउने बताइरहेका छन्। संविधानले नै सभामुखलाई तटस्थ जिम्मेवारी दिएकाले संसदमा भएको कुनैपनि निर्वाचनमा बराबर मत भएको अवस्थामा मात्रै सभामुखले मत हाल्न पाउने उनीहरूको दाबी छ। 

गठबन्धन दलका शीर्ष नेताहरूको केही दिनअघि बालुवाटारमा बसेको बैठकले कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको थियो। प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ९३ सांसद छन्।

प्रकाशित: Jul 06, 2023| 09:44 बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्