सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बहुमत प्राप्त प्रधानमन्त्रीको राजीनामा माग्नु संसदीय मान्यताविपरीत : उपप्रधानमन्त्री श्रेष्ठ

बहुमत प्राप्त प्रधानमन्त्रीको राजीनामा माग्नु संसदीय मान्यताविपरीत : उपप्रधानमन्त्री श्रेष्ठ

 |  बिहीबार, असार २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २१, २०८०

काठमाडौं- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बहुमत प्राप्त प्रधानमन्त्रीको राजीनामा मागेर संसद अवरूद्ध गर्नु संसदीय मान्यता विपरीत भएको बताएका छन्।

National life

आज बिहान चितवनको भरतपुरमा प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रतिनिधिसभाका बहुमत सांसदहरूको मतबाट निर्वाचित प्रधानमन्त्रीको राजीनामा मागेर संसद अवरुद्ध गर्नु संसदीय मान्यता विपरीतको कार्य भएको बताए।

उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भारतको सहयोगमा प्रधानमन्त्री बनेको भन्ने अभिव्यक्ति नदिएको समेत दाबी गरे।

प्रधानमन्त्री प्रचण्डले केही दिनअघि आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटकपटक भारत गएको भन्ने अभिव्यक्ति दिएको भन्दै प्रमुख प्रतिपक्षी एमालेसहित विपक्षी दलहरूले हिजोको प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीको राजीनामा माग गरेको थियो।

उपप्रधानमन्त्री श्रेष्ठले संसदीय मूल्यमान्यता र मर्यादालाई ख्याल गर्दै विपक्षी दलहरूले संसद सुचारू गर्नेमा आफू आशावादी रहेको बताए।

प्रकाशित: Jul 06, 2023| 09:40 बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्