सोमबार, वैशाख २८, २०८३

बागमती प्रदेशसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

 |  बिहीबार, असार २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २१, २०८०

National life

मकवानपुर- बाग्मती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ। बैठक प्रदेशसभा भवन हेटौँडामा बिहान ११ बजे बस्नेछ। बैठकमा आर्थिक वर्ष २०८–०८१ को विनियोजन विधेयकमाथि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ। 

यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेटमा बिभेद गरेको भन्दै बजेटमाथि छलफल चलाउन दिएको थिएन। तर, बाग्मती प्रदेश सरकारले प्रतिपक्षका मागसमेत सुनवाइ गरेर अघि बढ्ने प्रतिबद्धता जनाएपछि हिजोबाट बैठक सुचारू भएको हो।

हिजोको बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, वन तथा वातावरण मन्त्री मसिना खड्का, स्वास्थ्य मन्त्री उत्तम जोशी, पर्यटन उद्योग तथा सहकारी मन्त्री पुकार महर्जन, श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, कृषि तथा पशुपक्षी विकास मन्त्री राजेन्द्रमान श्रेष्ठले बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिएका थिए।

प्रकाशित: Jul 06, 2023| 09:17 बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्