NadaNada
सोमबार, भदौ २, २०८२

राष्ट्रियसभा बैठक बस्दै, एमालेले अवरोध जारी राख्ने 

 |  बिहीबार, असार २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार २१, २०८०

vianetvianet

काठमाडौं- संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ। बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ। हिजो दिउँसो २ बजेर ३१ मिनेटमा बोलाइएको बैठक प्रमुख प्रतिपक्ष एमाले लगायतका दलले अवरुद्ध गरेपछि आधा घण्टाका लागि स्थगित भएको थियो।

एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि दिएको अभिव्यक्तिले सार्वभौम संसदको अपमान भएकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडान राख्दै विरोध जारी राखेपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक स्थगित गरेका थिए।

त्यसपछि ४ बजेर ४६ मिनेटमा बस्ने गरी बोलाइएको बैठक पनि सञ्चालन हुन नसकेपछि बैठक आजका लागि बोलाइएको हो। आफूलाई प्रधानमन्त्री बनाउनका लागि प्रितम सिंह पटकपटक दिल्ली गएको प्रचण्डको भनाइको एमालेले चर्को विरोध गरेको छ।

एमालेले प्रधानमन्त्री प्रचण्डले राजीनामा नगरेसम्म संसद बैठक चल्न नदिने संसदीय दलबाटै निर्णय गरेकाले आजको बैठक सहज रुपमा सञ्चालन हुनेमा आशंका रहेको छ। 

प्रकाशित: Jul 06, 2023| 08:41 बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्