सोमबार, वैशाख २८, २०८३

आधा घण्टाका लागि स्थगित प्रतिनिधिसभा बैठक शुक्रबार बस्ने

 |  बुधबार, असार २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २०, २०८०

काठमाडौं- आधा घण्टाको लागि स्थगित प्रतिनिधि सभा बैठक सूचना टाँसेर शुक्रबारसम्म स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले अर्को बैठक शुक्रबार दिउँसो ३ बजेसम्मका लागि बोलाएको संघीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिए। 

National life

नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद अवरुद्ध गरेको थियो।

प्रधानमन्त्री दाहालले गत सोमबार आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह दिल्ली धाएको’ अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै एमालेले बुधबार दुवै सदन अवरुद्ध गरेको थियो। 

358490706_1688563753.jpg

प्रकाशित: Jul 05, 2023| 19:13 बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्