शनिबार, साउन २, २०८३

भोलि दिउँसो १ बजेसम्मका लागि राष्ट्रियसभा बैठक स्थगित

 |  बुधबार, असार २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २०, २०८०

काठमाडौं- राष्ट्रियसभाको बैठक भोलि (बिहीबार) दिउँसो १ बजे बस्ने भएको छ। प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण बुधबारको बैठक स्थगित भएको थियो। 

आधा घण्टाका लागि भनेर बैठक स्थगित भएपनि दलहरुबीच बैठक सञ्चालन गर्ने बारेमा कुरा नमिलेपछि सूचना टाँस गरेर भोलिसम्मका लागि स्थगित गरिएको हो। 

यातायात व्यवसायी प्रितम सिंहको पुस्तक विमोचनका क्रममा प्रचण्डले दिएको अभिव्यक्ति विवादमा परेपछि प्रतिपक्षी दलले संसद् बैठकबाट उनको राजीनामा समेत माग गरेका छन्।

प्रकाशित: Jul 05, 2023| 18:46 बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्