बुधबार, साउन २८, २०८२

कांग्रेसले किन बोलायो जिल्ला सभापतिहरुको भेला? 

कांग्रेसले अनलाइन माध्यमबाट पार्टीको साधारण सदस्यता वितरण गर्ने प्रक्रिया थालनी गरिसकेको छ भने क्रियाशील सदस्यताका लागि पनि अनलाइन माध्यमबाट उपलब्ध गराउने तयारी भइरहेको छ।
 |  बुधबार, असार २०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार २०, २०८०

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसले बिहीबारदेखि जिल्ला सभापतिहरुको भेला बोलाएको छ। पार्टी मुख्यालय सानेपामा देशभरका जिल्ला सभापतिहरुको भेला सुरु हुने भएको हो। 

लामो समयदेखि पार्टीको केन्द्रीय कार्यसमिति बैठक बस्‍न नसकेको भन्दै विरोध भइरहेको समयमा बुधबार विज्ञप्ति जारी गर्दै असार २७ गतेदेखि सुरु हुने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। 

उक्त भेलामा नयाँ सदस्यता वितरण र क्रियाशील सदस्यता नवीकरणका लागि अन्तरक्रिया एवं छलफल हुने बताइएको छ। कांग्रेसले अनलाइन माध्यमबाट पार्टीको साधारण सदस्यता वितरण गर्ने प्रक्रिया थालनी गरिसकेको छ भने क्रियाशील सदस्यताका लागि पनि अनलाइन माध्यमबाट उपलब्ध गराउने तयारी भइरहेको छ। 

यसै विषयमा जिल्ला सभापतिहरुको धारणा बुझ्‍न र अनलाइनबाट क्रियाशील वितरण गर्ने प्रक्रियाबारे छलफल गर्नुका साथै पार्टीलाई तल्लो तहसम्म क्रियाशील बनाउनका लागि ठोस नीति कार्यक्रम तर्जुमा गर्ने विषयमा पनि भेलामा छलफल हुने केन्द्रीय सदस्य प्रकाश रसाइली स्‍नेहीले जानकारी दिएका छन्। 

उनले भने, 'साधारण सदस्य र क्रियाशील सदस्यता अनलाइनबाट नै उपलब्ध गराउने गरी तयारी भइरहेको छ। अनलाइन फारम भर्दा बिचौलिया, भ्रष्टाचारीहरु पनि आउन सक्छन्। यस्तालाई रोक्‍न र योग्य र क्षमतावान कार्यकर्तालाई अघि बढाउनका लागि जिल्ला सभापतिहरुको भूमिका के हुने भन्‍ने विषयमा छलफल हुन्छ। यसका लागि अनलाइनबाट क्रियाशील दिँदै गर्दा पनि यसको विधि पद्धति के हुने, कसरी वितरण गर्ने भन्‍ने र कसरी व्यवस्थित गर्ने भन्‍ने विषयमा जिल्ला सभापतिहरुको भेलाबाट ठोस नीति तय गरिनेछ।' 

Metro Mart

यससँगै जिल्ला सभापतिहरुको भूमिका र पार्टीलाई जिल्ला तहबाट कसरी क्रियाशील बनाउने र जिल्ला सभापतिहरुले कस्तो नीति कार्यक्रम लिएर अघि बढ्ने भन्‍ने विषयमा पनि भेलामा छलफल हुने केन्द्रीय सदस्य रसाइलीले बताएका छन्। 

कांग्रेसको गत असार अन्तिममा बसेको केन्द्रीय समिति बैठक साउन २ गतेसम्म चलेको थियो। त्यसयता कांग्रेसले आफ्नो आन्तरिक संरचना र कार्यक्रममा छलफल गर्ने गरी केन्द्रीय समिति बैठक बोलाएको छैन। गत भदौमा कांग्रेस नेता प्रदीप गिरीको शोक प्रस्ताव पारित गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाइएको थियो। 

यसबीचमा पार्टीले आम निर्वाचनको सामना गर्‍यो, सरकार बन्‍ने र भत्किने खेलहरु भए, सभामुख-उपसभामुखदेखि राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचन भयो र कांग्रेस नेताहरु विभिन्‍न भ्रष्टाचारका मुद्दाहरुमा मुछिए। कांग्रेसका भ्रातृ तथा जनवर्गीय संगठनहरु चलायमान हुन सकेका छैनन् भने ६ महिनाभित्र हुने नीति अधिवेशन हुन सकेको छैन भने विभाग गठनको प्रक्रिया पनि अलपत्र परेको छ। 

कांग्रेस केन्द्रीय सदस्य रसाइलीका अनुसार जिल्ला सभापतिहरुको भेलामा पार्टीको नीति अधिवेशन भदौ महिनाभित्रै गर्ने विषयमा पनि छलफल हुनेछ। यससँगे पार्टी 'पुनर्निर्माण' विषयमा पार्टीको आधिकारिक धारणा बनाउन पनि जिल्ला सभापति भेलामा छलफल हुने बताइएको छ। 
 

प्रकाशित: Jul 05, 2023| 18:25 बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्