सोमबार, वैशाख २८, २०८३

प्रधानमन्त्रीको जवाफ होइन, राजीनामा चाहिन्छ: ओली

 |  बुधबार, असार २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २०, २०८०

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सदनमा प्रधानमन्त्रीको जवाफ नभई राजीनामा चाहिएको बताएका छन्। बुधबार संसद् भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै ओलीले प्रधानमन्त्री प्रचण्डले स्वाभिमान र स्वाधीनताविपरीत अभिव्यक्ति दिएको भन्दै अब जवाफ नभई राजीनामा चाहिएको बताए।

National life

ओलीले राष्ट्रिय स्वाभिमान र स्वाधीनता गिराउने खालको प्रचण्डको अभिव्यक्ति अशोभनीय र आपत्तिजनक रहेको बताए। प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै एमालेले संघीय संसद्‍का दुवै सदन अवरुद्ध गरेको थियो। एमालेलाई रास्वपा र राप्रपाले पनि साथ दिएका थिए।

मंगलबार प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा व्यवसायी प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउनका लागि पटक-पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए।

नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा दाहालले विवादास्पद अभिव्यक्ति दिएका थिए। ‘उहाँ (सिंह) ले एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो। धेरैचोटि दिल्ली जानु पनि भयो। काठमाडौंमा नेताहरू–साथीहरूसँग लगातार छलफल गर्नुभयो,’ दाहालको भनाइ थियो।

प्रधानमन्त्री प्रचण्डले भने आफूले पुस्तकमा भएको कुरा कार्यक्रममा बताएको भन्दै आफ्नो बचाउ गरेका छन्।

प्रकाशित: Jul 05, 2023| 17:20 बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्